संगीत त्रिवेणी गायन प्रतियोगिता २०७८ मा छानिए उत्कृष्ट २० प्रतियोगीहरु

 लिम्बुवान न्युज
                       

  • सुवास केरुङ (नुनाम)

फिदिम, ११ भदौं । न्यु वरदान संगितालय फिदिम पाँचथरको आयोजनामा सञ्चालन भइरहेको गायन प्रतियोगिता संगित त्रीवेणीको उत्कृष्ट २० छनौट गरिएको छ ।

प्रतियोगिताका आयोजक सँस्थाका निर्देशक वुद्धराज इंवा (लिम्वू)का अनुसार प्रतिस्पर्धी २ सय ५२ जना मध्येबाट २० जनालाई छनौट गरिएको हो ।

गत साउन ७ गते देखि डिजिटल माध्यमबाट १ महिनासम्म सञ्चालन भएको प्रथम चरणको छनौट कार्यक्रमबाट २० जना छनौटमा परेका हुन । प्रतियोगिताको विजेतासहित ३ जनालाई एक÷एक वटा गीत रेकर्डिङको मौका दिइने आयोजकले निर्देशक इंवाले बताएका छन् ।

अब तेस्रो चरणमा उत्कृष्ट १० छनौट गरिने निर्देशक लिम्वूले बताए । स्रस्टा, सृजना र स्रोतालाइ जोड्ने आभियान अन्तर्गत आयोजना भएको सङ्गीत त्रीवेणी गायन प्रतियोगीको फाइनल कार्तिक महिनाको अन्तिममा हुने आयोजक न्यु बरदान संगीतालयले जनाएको छ ।

टप–२०मा छनौट भएका प्रतियोगिहरुहरुको नामावली :

सम्बन्धित समाचार

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...

आइएलओ महासन्धि नं. १६९ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र हो”ललितराष्ट्रपति पौडेल

ललितपुर, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने अन्तरराष्ट्रिय महासन्धि ‘आइएलओ महासन्धि नं. १६९’ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र भएको बताएका छन् । अगष्ट ९ (साउन २४)गते ३२औं विश्व आदिवासी...

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...