मेची सहकारीको रक्तदान कार्यक्रममा ८२ पिन्ट रगत संकलन

,   लिम्बुवान न्युज
                       

दमक, ११ भदौ । दमककै सबैभन्दा धेरै आर्थिक कारोबार गर्ने सहकारी संस्थाले शुक्रवार आयोजना गरेको खुल्ला रक्तदानमा ८२ पिन्ट रगत संकलन भएको छ । दमक ६ स्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाको २५ औ बार्षिकोत्सव तथा २७ औं साधारणसभाका अवसर पारेर आयोजना गरिएको खुला रक्तदानमा २४ महिलासहित ८२ जनाले रगतदान गरेको हो ।

रक्तदान कार्यक्रममा दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओली लगायत सहकारीका सदस्य, कर्मचारी तथा सर्वसाधारणले सहभागी रहेको थियो । रक्तदाताहरुलाई प्रदेश सांसद अर्जुन राईले प्रशंसापत्र वितरण गरेका थिए ।

रक्तदान नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकको प्राविधिक सहयोग भएको थियो । कोरोना महामारीका समयमा विरामीलाई अभाव हुन नदिन रक्तदान गरिएको व्यवस्थापक खोमप्रसाद बगालेले जानकारी दिए । संस्थाले महामारीका वीच स्वास्थ्य सावधानी अपनाउदै बार्षिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरिएको उनले बताए ।

यसैवीच संस्थाले भोलिदेखि छैठौ कार्यकालका लागि सञ्चालक समितिको निर्वाचन कार्यक्रम शुरु भएको जनाएको छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;