याक्थुङ मुन चइत चोक सयङकौं चौथो महाधिवेशन कार्तिक २९ र ३० मा हुने

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १२ भदाैं। याक्थुङ मुन चइत चोक सयङ (लिम्बू चलचित्रकर्मी संघ)को चौंथो महाधिवेशन आगामी कार्तिक २९ र ३० गते ललितपुरस्थित चुम्लुङहिममा हुने भएको छ । सयङको शुक्रबार ललितपुर चुम्लुङहिममा बसेकाे बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले सयङका अध्यक्ष सुर्यप्रकाश चेम्जोङको संयोजकत्वमा लोकेन सावा र लक्ष्मी योङ्हाङ सदस्य रहेको बिधान मस्यौदा समिति गठन गरेको छ । त्यसैगरी कोषाध्यक्ष राजशुक्र लिम्बुको संयोजकत्वमा कृष्णराज नेम्बाङ, मनु लिम्बू, हाङ चेम्जोङ र पुष्पा तिलिङ मादेन सदस्य रहेको आर्थिक उपसमिति गठन गरेको छ ।

त्यस्तै आदिवासी जनजाति चलचित्र महासंघको महाधिवेशनमा दिनेश लिङ्देन र रुपा आङ्बुहाङलाई प्रतिनिधि र लक्ष्मी योङ्हाङ र बिबि लिम्बुलाई पर्यवेक्षकमा सिफारिस गर्ने पनि बैठकले निर्णय गरेको छ ।

महासचिव वनेम बिक्रम फागोको संयोजकत्वमा सन्देश सुब्बा, सैलेन्द्र थेबे, डिआर हाङ्सरुम्बा र रुपा आङ्बुहाङ सदस्य रहेको संस्थाको स्मारिका प्रकाशन समिति समेत गठन भएको केन्द्रीय सदस्य सागर केरुङले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...