याक्थुङ मुन चइत चोक सयङकौं चौथो महाधिवेशन कार्तिक २९ र ३० मा हुने

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १२ भदाैं। याक्थुङ मुन चइत चोक सयङ (लिम्बू चलचित्रकर्मी संघ)को चौंथो महाधिवेशन आगामी कार्तिक २९ र ३० गते ललितपुरस्थित चुम्लुङहिममा हुने भएको छ । सयङको शुक्रबार ललितपुर चुम्लुङहिममा बसेकाे बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले सयङका अध्यक्ष सुर्यप्रकाश चेम्जोङको संयोजकत्वमा लोकेन सावा र लक्ष्मी योङ्हाङ सदस्य रहेको बिधान मस्यौदा समिति गठन गरेको छ । त्यसैगरी कोषाध्यक्ष राजशुक्र लिम्बुको संयोजकत्वमा कृष्णराज नेम्बाङ, मनु लिम्बू, हाङ चेम्जोङ र पुष्पा तिलिङ मादेन सदस्य रहेको आर्थिक उपसमिति गठन गरेको छ ।

त्यस्तै आदिवासी जनजाति चलचित्र महासंघको महाधिवेशनमा दिनेश लिङ्देन र रुपा आङ्बुहाङलाई प्रतिनिधि र लक्ष्मी योङ्हाङ र बिबि लिम्बुलाई पर्यवेक्षकमा सिफारिस गर्ने पनि बैठकले निर्णय गरेको छ ।

महासचिव वनेम बिक्रम फागोको संयोजकत्वमा सन्देश सुब्बा, सैलेन्द्र थेबे, डिआर हाङ्सरुम्बा र रुपा आङ्बुहाङ सदस्य रहेको संस्थाको स्मारिका प्रकाशन समिति समेत गठन भएको केन्द्रीय सदस्य सागर केरुङले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...