मञ्चका पूर्व महासचिव खगेन्द्र माखिम मातृशोकमा, आज अन्त्येष्टि गरिदै

 लिम्बुवान न्युज
                       

भाद्र ११,धरान/संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा पूर्व महासचिव खगेन्द्र माखिम मातृशोकमा परेका छन् । बिहीबार ७१ बर्षीय आमा गणेशमाया माखिमको उपचारको क्रममा बिराटनगरमा निधन भएको हो ।

उनी विगत केही बर्ष देखि मृगौला रोगबाट ग्रसित भएकी थिइन् । छोरी लक्ष्मी माखिम रोजगारीको क्रममा अमेरिकामा बस्दै आउनुभएकी हुँदा उनको पार्थिव शरीरलाई दुई दिन धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शव गृहमा राखिएको थियो । शुक्रबार धरानबाट पार्थिव शरीरलाई पुर्खौली घर पाँचथर मिक्लाजुङ ७ लुमाङदिन पु¥याईएको स्थानीय रुविन्द्र माखिमले बताएका छन् ।

माखिमको पार्थिव शरीरलाई किरात धार्मिक परम्परा अनुसार आज अन्त्येष्टि गरिने संघीय लिम्बुवान मञ्च, नेपालका जिल्ला नेता समेत रहेका माखिमले बताए ।

मञ्चमा लामो समय महासचिव पदमा रहेर पहिचान पक्षधरको राजनीतिमा आफ्नो कुशल नेतृत्वको छवि बनाएका माखिम र मञ्चका अध्यक्ष कुमार लिङदेन मिराक बिच लामो राजनीति सहयात्रा गर्दै २०७३ बाट पार्टी अलग भएका हुन् । माखिम हाल जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य एवम् लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष समेत हुन् ।

अध्यक्ष लिङदेनले नेता माखिम र मेरो सम्बन्ध भनेको राजनीति मात्र नभएर पारिवारिक सम्बन्ध पनि नजिकको रहेको बताए । अध्यक्ष लिङदेनले सामाजिक संजालमा आमाको निधन प्रति शोकप्रकट गरेका छन् ।

पार्थिव शरीरमा पार्टीकाे झण्डा ओडाउँदै जसपा कार्यकारिणी सदस्य द्वय रकम चेम्जाेङ र पर्शुराम बस्नेत

यसैबिच शुक्रबार धरानस्थित प्रतिष्ठानको शव गृहमा जनता समाजवादी पार्टी केन्द्रिय कार्यकारिणी सदस्य तथा पुर्वमन्त्री रकम चेम्जोङले पार्टीको झण्डा ओढाई श्रद्धाञ्जलि दिएका थिए । शद्धाञ्जलिमा कार्यकारिणी नेता परशुराम बस्नेत, प्रदेश १ का अध्यक्ष प्रविण चाम्लिङ, जसपा लिम्बुवान राष्ट्रिय समितिका सदस्यहरु, प्रदेश पदाधिकारी सदस्यहरु, महिला संघ, समाजवादी युवा विद्यार्थी लगायतले श्रद्धाञ्जली दिएका थिए । सो अवसरमा एक मिनेट मौन धारण गरि खादा फुलमाला लगाई सबैले श्रद्धाञ्जली दिएका हुन् ।

मृतक माखिमका श्रीमान गजेन्द्र माखिम, छोराहरु भक्त माखिम, खगेन्द्र माखिम र नेल्कन माखिम छ्न् त्यसैगरी एक छोरी लक्ष्मी माखिम रहेका छन् ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;