पुष्पलाल मित्रता केन्द्र दमकको अध्यक्षमा महेश घिमीरे

,   लिम्बुवान न्युज
                       

दमक, १२ भदौं । झापाको दमकमा पुस्पलाल मित्रता केन्द्र गठन भएको छ । आज (शनिबार) दमक नगरपालिकाका पुर्व नगर प्रमुख इन्द्र बहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा महेश घिमीरेको अध्यक्षतामा २५ सदस्यीय समिति गठन भएको हो ।

पुस्पलाल मित्रता केन्द्र झापाका अध्यक्ष मणि भण्डारीको अध्यक्षता र प्रदेश १ का उपाध्यक्ष तथा र नेकपा (एकीकृत समाजबादी) झापाको नेता निलमणि बराल र अखिल फोर्सका केन्द्रीय सहसंयोजक रोशन भण्डारी, केन्द्रिय सदस्य मदन गुरुङको उपस्थितिमा पुष्पलाल मित्रता केन्द्र दमक नगर कमिटी गठन गरिएको छ । त्यसैगरी सोही भेलाले अखिल फोर्स दमक नगर र पुस्पलाल मित्रता केन्द्र दमक नगर सल्लाहकार समिति गठन गरिएको संचाकर्मी अनिलदेव राईले बताए ।

अध्यक्ष घिमीरेसँगै उपाध्यक्षमा बिराटजघ जबेगु (लिम्बु) र हमला प्रसाई, सचिवमा सुमन कार्की, सह–सचिवमा अनिलदेब राई र कोषाध्यक्षमा प्रेम भुजेल रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा क्रमशः चन्द्र थापा, सौरभ भट्टराई, नरेश भण्डारी, युबराज दुलाल, कमल न्यौपाने, ललित माझि, किरण भट्टराई, मदन गुरुङ्, खगेन्द्र नेपाल, उमेश चौलागाईं, प्रबल भण्डारी, डम्बर आङदम्बे, खगेन्द्र कार्की, जुलन गजमेर(उमेश), कल्पना श्रेष्ठ, मन कुमार दर्नाल, राजु भट्टराई, देबिमाया श्रेष्ठ (धिमाल) र रोशन भण्डारी रहेका छन् ।

यसैगरी सल्लाहकार समितिमा संयोजक केन्द्र प्रसाई, सदस्यहरुमा शान्ति राम आचार्य, हरि नेपाल, भिम दाहाल, टीका प्रसाई, जीवन सेढाई, मदन ढकाल, चैतन्य लामिछाने (निर्मल), मदन पौडेल, तिर्थ नेपाल, तिर्थ नारायण श्रेष्ठ, लालबहादुर श्रेष्ठ, कमल कटुवाल, लक्ष्मी खनाल, शशि पौडेल, नारायण प्रसाई, बिष्णु नेउपाने र चित्र ढकाल छन् ।

आजै गरिएको अखिल फोर्स दमक नगर कमिटीको अध्यक्षमा रतन चाम्लिङ् राई रहेका छन् भने उपाध्यक्षमा सावन ढकाल, सचिवमा दिपक भट्टराई, सह–सचिवमा अभिसेक घिमिरे, सह–सचिवमा मन्जुल भट्टराई, कोषाध्यक्षमा शिब कुलुङ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा आयुसमान पोख्रेल, रबिन अधिकारी , सुजन भण्डारी, मदन बिश्वकर्म, मनिप धिमाल, शुनिल निरौला, एन्जिल खरेल, हेमराज मगर, महोमद अलि, सनम राई, मुकेश खत्री, सजल आचार्य, अशोक राई र सुशान राई रहेका छन् ।

दमकस्थित सिद्धीमार्केटमा एक कार्यक्रमको आयोजना गरि तीन समिति गठन गरिएको नवनिर्वाचित केन्द्रका नगर सह–सचिव राईले बताए ।

योसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा भर्खरै निर्वाचन आयोगले दलदर्ताको प्रमाणपत्र दिएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो गतिविधि शुरु गरेको राईले बताए ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;