स्थिर र स्थायित्व सरकारका लागि अध्यादेश ल्याइएकाे कांग्रेस प्रवक्ता शर्माको दावी

,   लिम्बुवान न्युज
                       

दमक, १२ भदौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारले दल विभाजन गर्ने अध्यादेश स्थिर र स्थायित्व सरकारका लागि ल्याउनु परेको दावी गरेका छन् ।

कांग्रेस दमक नगर समितिको कार्यालयमा आज आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले दावी गरेका हुन् । उनले अघिल्लो केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश र अहिलेको अध्यादेशमा आकाश जमिनको फरक रहेको समेत बताए ।

अघिल्लो सरकारले अस्थिरताका लागि अध्यादेश ल्याएको बताउँदै उनले भने , –‘अहिले देउवा नेतृत्वको सरकारले मुलुकको स्थिरताका लागी अध्यादेश ल्याउनु बाँध्यता हो ।’

कांग्रेसलाई जनताले पाँच बर्षको लागी प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको आफुले बारम्बार बताउँदै आएको भएपनि देश चलाउनु पर्नेले नचलाए पछि मुलुक सम्हाल्नका लागी कांग्रेस सरकारमा आउनु परेको पनि उनले प्रस्ट पारे ।

एमाले अध्यक्ष ओलीले देशको प्राथमिकता नबुझेकाले सरकारबाट बाहिरिनु परेको भन्दै उहनले नेपाली कांग्रेस निवेदन दिएर सरकारमा नआएको प्रस्ट पारेका थिए । नेपाली कांग्रेसको महाधिवेशनको सन्दर्भमा कुरा गर्दै उनले अहिलेको महाधिवेशनबाट आगामी निर्वाचन जित्ने गरी नयाँ उर्जा लिएर आउनु पर्ने बताए ।

उनले महाधिबेशनका वेला केन्द्रमा रहेका युवा नेतृत्वहरुवीच जुन समूहबाट आएपनि पार्टीको सुढृढीकरण साझा संकल्प राखेको बताए । कांग्रेसका क्रियाशील सदस्यहरु पार्टीको जरा भएको भन्दै जरा बलियो भएमा मात्रै रुख बलियो हुने भएकाले क्रियाशील सदस्यहरुले अव पार्टी निर्माणमा जुट्नु पर्ने उनले जोड दिए ।

कांग्रेस झापा क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस बैकल्पिक केन्द्रीय सदस्य दिलिप राई लगायतले बोलेका थिए ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;