स्थिर र स्थायित्व सरकारका लागि अध्यादेश ल्याइएकाे कांग्रेस प्रवक्ता शर्माको दावी

 लिम्बुवान न्युज
                       

दमक, १२ भदौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारले दल विभाजन गर्ने अध्यादेश स्थिर र स्थायित्व सरकारका लागि ल्याउनु परेको दावी गरेका छन् ।

कांग्रेस दमक नगर समितिको कार्यालयमा आज आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले दावी गरेका हुन् । उनले अघिल्लो केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश र अहिलेको अध्यादेशमा आकाश जमिनको फरक रहेको समेत बताए ।

अघिल्लो सरकारले अस्थिरताका लागि अध्यादेश ल्याएको बताउँदै उनले भने , –‘अहिले देउवा नेतृत्वको सरकारले मुलुकको स्थिरताका लागी अध्यादेश ल्याउनु बाँध्यता हो ।’

कांग्रेसलाई जनताले पाँच बर्षको लागी प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको आफुले बारम्बार बताउँदै आएको भएपनि देश चलाउनु पर्नेले नचलाए पछि मुलुक सम्हाल्नका लागी कांग्रेस सरकारमा आउनु परेको पनि उनले प्रस्ट पारे ।

एमाले अध्यक्ष ओलीले देशको प्राथमिकता नबुझेकाले सरकारबाट बाहिरिनु परेको भन्दै उहनले नेपाली कांग्रेस निवेदन दिएर सरकारमा नआएको प्रस्ट पारेका थिए । नेपाली कांग्रेसको महाधिवेशनको सन्दर्भमा कुरा गर्दै उनले अहिलेको महाधिवेशनबाट आगामी निर्वाचन जित्ने गरी नयाँ उर्जा लिएर आउनु पर्ने बताए ।

उनले महाधिबेशनका वेला केन्द्रमा रहेका युवा नेतृत्वहरुवीच जुन समूहबाट आएपनि पार्टीको सुढृढीकरण साझा संकल्प राखेको बताए । कांग्रेसका क्रियाशील सदस्यहरु पार्टीको जरा भएको भन्दै जरा बलियो भएमा मात्रै रुख बलियो हुने भएकाले क्रियाशील सदस्यहरुले अव पार्टी निर्माणमा जुट्नु पर्ने उनले जोड दिए ।

कांग्रेस झापा क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस बैकल्पिक केन्द्रीय सदस्य दिलिप राई लगायतले बोलेका थिए ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...