लिम्बुवान मञ्चले झापाको विभिन्न पालिकाहरुमा कार्यक्रम तिब्र पार्दै, आज एकै दिन ४ पालिकामा अन्तरक्रिया सम्पन्न

 लिम्बुवान न्युज
                       

 

कमल १ बाँसबारीमा लिम्बुवान मञ्चका नेताहरू कार्यक्रम सकिएपछि सामूहिक तस्वीर खिचाउँदै 

दमक, १२ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल झापा जिल्ला अन्तर्गत विभिन्न पालिकाहरुले अन्तरक्रिया कार्यक्रम गरेको छ । आज शनिबार झापाको ४ वटा पालिकाहरु मेचीनगर, बुद्धशान्ति, शिवसताक्षी र कमल गाउँपालिकामा एकै दिन कार्यक्रम आयोजना भएको हो ।

झापाको १५ वटै पालिकाहरुमा आगामी कार्तिक पहिलो हप्तासम्ममा सबै पालिका र वार्डहरुमा अधिवेशन गर्ने गरि कार्यक्रमलाई तिब्रता दिन पालिका स्तरीय अन्तरक्रिया तथा क्रियासिल वितरणसम्बन्धमा प्रशिक्षण लगायतका कार्यक्रम शुरु गरेको जिल्ला अध्यक्ष धन बहादुर पन्धाकले बताएका छन् ।

संघीय लिम्बुवान मञ्च, नेपाल कमल गाउँपालिका वडा नं. १ कोे योजना बाँसबारीमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ्को प्रमुख आतिथ्यतामा भएको छ । शनिबार आयोजित कार्यक्रममा मञ्चका उपमहासचिव भानु भट्टराई, प्रान्तीय सदस्यहरु बलनाथ नाल्बो, प्रकाश नेम्बाङ, साजन मोते, सुर्य योक्पाङ्देन, मन प्रसाद थलङ्, जिल्ला अध्यक्ष धनबहादुर पन्धाक, सचिव राज आङ्थुपो लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम कलम १ का वडाध्यक्ष लाहानसिं केरुङकाे सभाध्यक्षता रहेको थियो । त्यसैगरी स्वागत मन्तव्य नगरअध्यक्ष अमर मावोहाङ्ले गरेका थिए भने संचालन नगरसचिव सचिव विजेन्द्र मेन्याङ्बो लिम्बुले गरेका थिए ।

मेचीनगरमा जनमुक्ति पार्टी परित्याग गरी लिम्बुवानमा प्रवेश गर्नुहुने भवानी तुम्बापाेलाइ साधारण सदस्यतापत्र वितरण गर्दै उपाध्यक्ष नन्दु विष्ट

आज मेचीनगरमा मञ्चका केन्द्रीय उपाध्यक्ष नन्द कुमार विष्ट क्षेत्री, उपमहासचिव दिल कुमार लावती, सचिवालय सदस्य मिन चम्लागाई, प्रान्तीय सदस्य नन्दु भाई मेन्याङ्बो त्यसैगरी झापा जिल्ला उपाध्यक्ष अमित खम्बु लगायतको उपस्थितिमा प्रशिक्षण तथा क्रियासिल वितरण लगायत विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रममा मेचीनगर खानेपानी संस्थामा सम्मानजनक मत ल्याउन सबै उम्मेद्वारहरुलाई धन्यवाद दिइएको थियो ।

बुद्धशान्ती गाउँपालिकामा सम्मान कार्यक्रममा सम्मानितहरू

त्यसैगरी बुद्धशान्ति गाउँपालिका ४ मा भेटघाट तथा सम्मान कार्यक्रम भएको छ । कार्यक्रममा ४ जना व्यक्तित्वहरुलाई सम्मान गरिएको प्रान्तीय सदस्य काजीमान ओख्राबोले बताए । उक्त भेटघाट कार्यक्रममा मञ्च प्रान्तीय सचिव मान बहादुर सावाँ लगायत अन्य नेताहरुको उपस्थिति रहेको थियो ।

शिवसताक्षी झापामा अन्तरक्रिया गर्दै लिम्बुवान मञ्न नगरका नेताहरू

यसैगरी आज लिम्बुवानको शिवसताक्षी नगर समितिमा पनि क्रियासिल वितरणबारे अन्तरक्रिया कार्यक्रम भएको नगर अध्यक्ष प्रकाश लिङ्देन बताए ।

आज शिवसताक्षी नगरकार्यालयमा आयोजित उक्त कार्यक्रममा केन्द्रीय नेताहरु उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, महासचिव शान्ता योङहाङ, सचिवालय सदस्य भिम सुनुवार, प्रान्तीय सदस्यहरु किरण लिङ्देन, दिल सेरेङ, जस कुमार तामाङ्, कमल पौडेल, रामप्रसाद थपलिया, लिम्बुवान भोलेन्टियर्स सिनियर कमाण्डर सुमन सम्बाहाम्फे, उपकमाण्डर बादल राई लगायत जिल्ला र नगरका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;