मेची सहकारी अध्यक्षमा पुनः भट्टराई, पत्रकार पोख्रेल सम्मानित

 लिम्बुवान न्युज
                       

दमक । दमकस्थित मेची बहुद्धेशिय सहकारी संस्थाको नयाँ कार्यकालका लागि पुनः नारायणप्रसाद भट्टराई अध्यक्षमा निर्वाचित भएका छन् । संस्थाको २५ औं वार्षिकोत्सव तथा २७ औं साधारणसभाबाट भट्टराईको नेतृवमा नै नयाँ समिति चयन भएको हो ।

वरिष्ठ उपाध्यक्षमा पदम थापा, उपाध्यक्षमा शान्ता गौतम, सदस्यहरुमा काशीनाथ थपलिया, डिल्लीप्रसाद न्यौपाने, रामकुमारी तामाङ्ग, मीनाकुमारी कोईराला, खेमराज घिमिरे, कृष्णप्रसाद शर्मा, सीता कार्की, होमनाथ गुरागाई, मञ्जुकुमारी फुयाल, गणेशबहादुर तामाङ्ग, नरपति पाण्डे चयन भएको सहकारीले जनाएको छ ।

बार्षिकोत्सव तथा साधरणसभाको अवसरमा संस्थाले आज एकैसाथ दर्जनौ व्यक्तिलाई सम्मान तथा पुरस्कृत गरेको छ । संस्थाको आज आफनो २५ औं वार्षिकोत्सव तथा २७ औं साधारणसभाका अवसर पारेर पत्रकार,सहकारी अभियान्ता,सहकारी संस्थामा योगदान पुरयाँउने २१ जना अग्रजसहित गरि एकैसाथ २५ जनालाई पुरस्कार तथा सम्मान प्रदान गरेको हो ।

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य समेत रहेका झापा, बिर्तामोडस्थित रेडियो भिजनका सञ्चालक गणेश पोख्रेललाई सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

संस्थाका पूर्व स्व.गणेश प्रसाद बस्नेतको स्मृतिमा स्थापित ‘गणेशप्रसाद बस्नेत उत्कृष्ट पत्रकारिता पुरस्कार’ बाट यसवर्ष पत्रकार पोख्रेललाई पुरस्कृत गरिएको हो । पुरस्कारको राशी रु १० हजार र सम्मान पत्र रहेको छ ।

त्यस्तै, यसवर्षको ‘गणेशप्रसाद बस्नेत उत्कृष्ट सहकारी अभियन्ता पुरस्कार’ राष्ट्रिय सहकारी बैकका अध्यक्ष केवी उप्रेतीलाई प्रदान गरिएको छ । सहकारीका क्षेत्रलाई अगुवाई गरिआएका उप्रेतीलाई रु ३० हजार राशीको पुरस्कार प्रदान गरिएको हो ।
यस्तै, संस्थाले सहकारी क्षेत्रमा कलम चलाउने पत्रकार मध्येबाट मोरङ ,पथरीका पत्रकार सन्तोष राई र सञ्चार गृहतर्फ दमकको हिमशिखर टेलिभिजनलाई समेत नगद, प्रमाणपत्रसहित पुरस्कृत गरिएको सहकारीका व्यवस्थापक खोमप्रसाद बगालेले बताए ।

संस्थाका अध्यक्ष नारायण भट्टराईको अध्यक्षता तथा प्रदेश सांसद अर्जुन राईको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरि साधारणसभा सम्पन्न गरिएको थियो ।

त्यसैगरि सहकारी संस्थामा योगदान पुरयाँएवापत दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीसहित २१ जनालाई जनही नगद १० हजार,सम्मानपत्रसहित सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा लोकबहादुर अधिकारी,भवानी प्रसाद दाहाल, सिताराम खतिवडा,हरि चापागाई, गंगाप्रसाद ढकाल,झमनारायण पौडेल, ऋषिकेशचापागाई, कोमल प्रसाद प्रसाई, बालकृष्ण खनाल,रुद्रप्रसाद सुवेदी, बेदन्त ठकुरी, चुडामणि आचार्य,होमनाथ गुरागाई, पदम थापा, खगेन्द्रप्रसाद अधिकारी, काशीनाथ थपलिया, नेत्रप्रसाद खनाल, कुन्ता पौडेल, कमल प्रसाद सुवेदी ,खोमप्रसाद बगाले ,टिका कुमारी भट्टराई र दुर्गाप्रसाद भण्डारी रहेका छन् ।

सहकारीमा उत्कृष्ठ काम गरे वापत यसवर्ष तीन जना कर्मचारी पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा भेषराज थापा, शिवप्रसाद निरौला र सृजना नेपाली रहेका छन् । उनीहरुलाई नगद जनही ५ हजार र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...