युट्युबरहरुले तीन वर्षमै कमाए ३० अर्ब डलर

 लिम्बुवान न्युज
                       

एजेन्सी। पछिल्ला वर्षहरुमा सोसल मिडिया कम्पनीहरुले अनलाइन सर्जकहरुका लागि उल्लेख्य मात्रामा स्रोत तथा पैसा खर्च गरिरहेका छन् । र, यो दौडमा भिडियो सट्रिमिंग प्लाटर्फम युट्युब सबैभन्दा अगाडि देखिएको छ ।

युट्युबको मातृ कम्पनी अल्फाबेटले मंगलबार एक घोषणा गर्दै हालसम्म २० लाख भन्दा धेरै भिडियो उत्पादकहरुलाई युट्युबले विज्ञापनको पैसा प्रदान गरेको जनाएको छ ।

कम्पनीका अनुसार युट्युबर अर्थात् डिजिटल सर्जकहरुलाई पछिल्लो तीन वर्षमा मात्रै ३० अर्ब डलर भन्दा धेरै रकम भुक्तानी गरिसकिएको छ । उक्त रकम विज्ञापन, वस्तु तथा सेवा र अन्य सर्भिस फिचरहरु बापतको हो ।

एक अन्तरवार्तामा युट्युबका मुख्य उत्पादन अधिकृत निल मोहनले भनेका छन्– विश्वव्यापी प्लाटर्फमको रुपमा हाम्रो जिम्मेवारीका कारण यो क्रियाशील क्षेत्रको सिर्जना भएको छ ।

युट्युबले विज्ञापनबाट हुने कमाई सम्बन्धित युट्युब च्यानललाई पनि बाँड्ने कार्यको थालनी सन् २००७ बाटै गरेको थियो । तर त्यतिबेला भिडियोहरुमा विज्ञापन देखाउने कुरामा व्यवस्थित नियमन थिएन ।

जस्तोसुकै भिडियोहरुमा पनि आफ्ना विज्ञापन देखाइएको भन्दै विज्ञापनदाताहरुले युट्युब बहिस्कार गर्न थालेपछि युट्युबले भिडियोहरुमा विज्ञापन प्रदर्शन गर्ने कुरालाई व्यवस्थित बनाउँदै लगेको छ ।

सन् २०१८ मा युट्युबले दर्शकको निश्चित संख्या तथा विभिन्न नीति नियम र मापदण्ड तय गर्दै त्यसरी विज्ञापनको पैसा कमाउन सक्ने युट्युब च्यानलको संख्यामा नाटकीय रुपमा कटौती ग¥यो ।

अहिले फेरि त्यस्तो मापदण्ड पूरा गर्ने र गुगलबाट पैसा कमाउन सक्ने युट्युब च्यानलहरुको संख्या बढ्दै ग्एको छ । युट्युबका अनुसार उसको विज्ञापन कार्यक्रमका लागि योग्य हुने युट्युब च्यानलको संख्या सन् २०२० मा दोब्बर भएको छ ।

हुनत युट्युबका सर्जकहरुलाई आफूतर्फ आकर्षित गर्नका लागि फेसबुक, टिकटक तथा स्पटीफाइ लगायतका विभिन्न टुल्स र भुक्तानीका अफरहरु ल्याइरहेका छन् । तर उनीहरु त्यसमा खासै सफल भएका छैनन् ।

फेसबुकले त डिजिटल सर्जकलाई आफूतर्फ आकर्षित गर्नका लागि सन् २०२३ सम्ममा सर्जकले गर्ने आम्दानीमा कुनै कमिसन नलिने घोषणा गरेको छ ।

युट्युबले भने कुनैपनि भिडियोमा हुने विज्ञापनको बिक्रिबाट आएको रकमको ४५ प्रतिशत आफुले लिन्छ । यो नियममा तत्काल परिवर्तन गर्ने कुनै योजना नभएको मोहन बताउँछन् ।

(ब्लुम्बर्गबाट अनलाइनखबरको साभार गरिएको)

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...