युट्युबरहरुले तीन वर्षमै कमाए ३० अर्ब डलर

 लिम्बुवान न्युज
                       

एजेन्सी। पछिल्ला वर्षहरुमा सोसल मिडिया कम्पनीहरुले अनलाइन सर्जकहरुका लागि उल्लेख्य मात्रामा स्रोत तथा पैसा खर्च गरिरहेका छन् । र, यो दौडमा भिडियो सट्रिमिंग प्लाटर्फम युट्युब सबैभन्दा अगाडि देखिएको छ ।

युट्युबको मातृ कम्पनी अल्फाबेटले मंगलबार एक घोषणा गर्दै हालसम्म २० लाख भन्दा धेरै भिडियो उत्पादकहरुलाई युट्युबले विज्ञापनको पैसा प्रदान गरेको जनाएको छ ।

कम्पनीका अनुसार युट्युबर अर्थात् डिजिटल सर्जकहरुलाई पछिल्लो तीन वर्षमा मात्रै ३० अर्ब डलर भन्दा धेरै रकम भुक्तानी गरिसकिएको छ । उक्त रकम विज्ञापन, वस्तु तथा सेवा र अन्य सर्भिस फिचरहरु बापतको हो ।

एक अन्तरवार्तामा युट्युबका मुख्य उत्पादन अधिकृत निल मोहनले भनेका छन्– विश्वव्यापी प्लाटर्फमको रुपमा हाम्रो जिम्मेवारीका कारण यो क्रियाशील क्षेत्रको सिर्जना भएको छ ।

युट्युबले विज्ञापनबाट हुने कमाई सम्बन्धित युट्युब च्यानललाई पनि बाँड्ने कार्यको थालनी सन् २००७ बाटै गरेको थियो । तर त्यतिबेला भिडियोहरुमा विज्ञापन देखाउने कुरामा व्यवस्थित नियमन थिएन ।

जस्तोसुकै भिडियोहरुमा पनि आफ्ना विज्ञापन देखाइएको भन्दै विज्ञापनदाताहरुले युट्युब बहिस्कार गर्न थालेपछि युट्युबले भिडियोहरुमा विज्ञापन प्रदर्शन गर्ने कुरालाई व्यवस्थित बनाउँदै लगेको छ ।

सन् २०१८ मा युट्युबले दर्शकको निश्चित संख्या तथा विभिन्न नीति नियम र मापदण्ड तय गर्दै त्यसरी विज्ञापनको पैसा कमाउन सक्ने युट्युब च्यानलको संख्यामा नाटकीय रुपमा कटौती ग¥यो ।

अहिले फेरि त्यस्तो मापदण्ड पूरा गर्ने र गुगलबाट पैसा कमाउन सक्ने युट्युब च्यानलहरुको संख्या बढ्दै ग्एको छ । युट्युबका अनुसार उसको विज्ञापन कार्यक्रमका लागि योग्य हुने युट्युब च्यानलको संख्या सन् २०२० मा दोब्बर भएको छ ।

हुनत युट्युबका सर्जकहरुलाई आफूतर्फ आकर्षित गर्नका लागि फेसबुक, टिकटक तथा स्पटीफाइ लगायतका विभिन्न टुल्स र भुक्तानीका अफरहरु ल्याइरहेका छन् । तर उनीहरु त्यसमा खासै सफल भएका छैनन् ।

फेसबुकले त डिजिटल सर्जकलाई आफूतर्फ आकर्षित गर्नका लागि सन् २०२३ सम्ममा सर्जकले गर्ने आम्दानीमा कुनै कमिसन नलिने घोषणा गरेको छ ।

युट्युबले भने कुनैपनि भिडियोमा हुने विज्ञापनको बिक्रिबाट आएको रकमको ४५ प्रतिशत आफुले लिन्छ । यो नियममा तत्काल परिवर्तन गर्ने कुनै योजना नभएको मोहन बताउँछन् ।

(ब्लुम्बर्गबाट अनलाइनखबरको साभार गरिएको)

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...