नेकपा एमालेले निष्कासन गरेका १४ सांसदको पद कायमै रहने

 लिम्बुवान न्युज
                       

?

लिम्बुवानखबर । नेकपा एमालेका १४ सांसदहरुले पार्टीको ह्वीप उल्लंघन गरेको आरोपमा निष्कासन गरी कारबाही गरेका पद कायमै रहने भएको छ । एमालेले उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा जानकारी गराएपनि सचिवालयले उनीहरु अर्कै दल दर्ता गरी आएको हुँदा कारवाही गर्नु पर्ने निर्णय गरेको हो ।

संसद सचिवालय स्रोतका अनुसार निर्वाचन आयोगमा छुट्ट दल दर्ता भई आएको हुँदा संसदहरुलाई कारबाही गर्नुपर्ने अवस्था नदेखिएको जनाएका छन् ।

तत्कालिन नेकपा एमाले सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिई ह्वीप उल्लंघन गरेको भन्दै बरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेर संसद सचिवालयमा भदौ १ गते एमालेले जानकारी गराएको थियो । सो पत्रको निर्णय गर्न सचिवालयले ढिलाई गर्दै आएको थियो ।

एमालेले बरिष्ठ नेता माधवकुमार नेपाल सहित मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई ह्वीप उल्लंघनको आरोप लगाई संसदबाट कारबाही गरेको थियो ।

यसबीचमा निर्वाचन आयोगमा माधवकुमार नेपालको अध्यक्षतामा छुट्टै दल दर्ता गरी आयोगले दलको प्रमाणपत्र समेत दिई सकेको हुँदा ती सांसदहरु नयाँ दलमा रहेको हुँदा संसद सचिवालयले कारबाही गर्न नपर्ने जनाएको छ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;