संचारकर्मी नेम्बाङको निर्देशनमा बनेको म्युजिक भिडियो ‘सम्बन्ध यूट्युवमा सार्वजनिक
आइतबार, १३ भदौ, २०७८ रातीको ०८:३६ बजे,
लिम्बुवान न्युज
लिम्बुवानखबर/ सञ्चारकर्मी देशराज नेम्बाङले निर्देशन गरेको म्युजिक भिडियो ‘सम्बन्ध सार्वजनिक भएको छ ।
समदर्शी टिभी युट्युब च्यानलबाट शनिबार सार्वजनिक भएको म्युजिक भिडियोमा सुरज जबेगु, मिना नेम्बाङ र शैलेश लिम्बूको अभिनय हेर्न सकिन्छ । निर्देशक नेम्बाङ आफैले छायाङ्कन गरेको यस म्युजिक भिडियोको सम्पादन सुरज जबेगुले गरेका हुन् ।
सुरज जबेगुको शब्द, संगीत र मिक्स एण्ड मास्टरिङमा तयार भएको गीत काव्य रेकर्डिङ स्टुडियो दमकमा रेकर्डिङ गरिएको हो । गीतमा मुनाल स्टुडियो टिमको स्वर रहेको छ ।
इलाम र झापाका विभिन्न ठाउँमा छायाङकन गरिएको भिडियोमा वैदेशिक रोजगारका कारण परिवारमा आएको सामाजिक विचलनको कथा प्रस्तुत गरिएको छ ।
समदर्शी टिभीको प्रस्तुती एवं मुनाल प्रोडक्सनको निर्माणमा बनेकोे भिडियो समदर्शी टिभी युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...
प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...
स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...
अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...