राज्यको पुनः संरचना सच्याउन आवश्यक छ : उपेन्द्र यादव

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर १३, भाद्र ।  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राज्यको पुनः संरचना सच्याउन आवश्यक भएको बताएका छन । जसपाले आइतबार भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले तराई र मधेसका जिल्लाहरुलाई मिसाएर प्रदेशहरु बनाइएको हँुदा समस्या भएको बताएका हुन् ।

राज्य पुनः संरचना गलत हुँदा नागरिकमा भाषाको समस्या भएको उनले बताए । ‘हिन्दीमा बोल्दा पहाडका साथीहरुले, नेपालीमा बोल्दा मधेसका साथीहरुलाई भाषा बुझ्न् गाह्रो हुन्छ, यो राज्य पुनर्संरचना गलत हुँदा भएको हो’– यादवले भने ।

नेपाल बहुराष्ट्रिय राष्ट्र भएको भन्दै यादवले सबै समुदायको पहिचान र अधिकारका लागि राज्य पुनः संरचना आयोगको प्रतिवेदनका आधारमा ११ प्रदेश बनाउनु पर्नेमा जोड दिए । ‘त्रुटिपूर्ण र विभेदकारी संविधान संशोधन गर्नुपर्छ, सात प्रदेशको संरचना बदल्नु पर्छ’–नेता यादवले भने ।

नेता यादवले निर्वाचन प्रणाली खर्चिलो भएका कारण किसान मजदूरले निर्वाचन लड्न नसकेकाले समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको बताए । उनले सबै भाषाको सम्मान गर्दै विभेद र असमानताको अन्त्य गर्नुपर्ने आवश्यकता रहेको बताए । मधेशी नागरिकलाई विदेशी सरहको नागरिकको रुपमा हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने उनले भने ।

राज्यले विपन्न वर्गको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी गर्नुपर्ने यादवले बताए । केपी ओलीले दुई पटक संसद विघटन गरेर सम्बिधानमाथी ‘कू’ गरेको तर आफूहरूले त्यसलाई असफल बनाइदिएको यादवले बताए । प्रतिनिधि सभा पुनःस्थापनले गणतन्त्र संघीयता समावेशिता बचेको भन्दै यादवले थप अधिकारका लागि संविधान संसोधन गर्नुपर्ने बताए ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली र पूर्ण समानुपातिक संसद हुने शासकीय प्रणाली पार्टीको एजेण्डा रहेको भन्दै यादवले महँगो निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्ने बताए । नागरिकता विधेयक परिमार्जन गरि सबै नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने यादवले बताए । आफूलाई मधेशको नेता भन्ने महन्थ ठाकुर समूह प्रतिगमनको मतियार बनेको उनको आरोप छ । उनले महन्थ ठाकुर एण्ड कम्पनी संसद विघटन गर्ने केपी ओलीको मतियार बनेको बताए ।

यादवले दुई पटक संसद विघटन गरेर ओलीले एकै व्यक्तिलाई दुईपटक मृत्युदण्डको सजाय दिएको बताए ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता अशोक राईले संगठन व्यापक र सुदृढ बनाउन पार्टीको सम्पूर्ण ध्यान केन्द्रित गरिएको बताए । आउँदो चुनावमा श्रेष्ठता हासिल गर्ने कुरालाई मुख्य प्राथमिकतामा राख्न राईले कर्याकर्तालाई निर्देशन दिए । पहिचानसहितको संघीयता, प्रदेशहरु स्वायत्त र अधिकार सम्पन्न तथा केन्द्रको हस्ताक्षेप मुक्त बनाउने पार्टीको नीति रहेको राईले बताए । केपी ओलीको सरकार ढलेर नयाँ सरकार बनेपनि प्रतिगमन समाप्त नभएको हुँदा सतर्क भएर अघि बढ्नुपर्नेमा राईले जोड दिए ।

पार्टी नेता महेन्द्र राय यादवले महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेताहरु केपी शर्मा ओलिको प्रतिगामी कदमको मतियार बनेको र अहिले अलग भएपछि पार्टीमा समस्या नभएको बताए । उनले पार्टी प्रत्यक्ष निर्वाचित रास्ट्रपतिय प्रणालीको पक्षमा रहेकोे बताए । उनले हिमाल, पहाड र तराई मधेसलाई एकताबद्ध गरी सबै जाति समुदायलाई समान अधिकार दिने वैकल्पिक पार्टी जसपा मात्र भएको दाबी गरे ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;