निर्वाचन आयोगले एमाले र जसपा छाडेकालाई २२ गतेसम्ममा सनाखत गर्ने म्याद तोक्यो

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। निर्वाचन आयोगले नेकपा एमाले परित्याग गरेर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा लाग्न चाहने प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुले आगामी भदौ २२ गते बेलुका ५ बजेसम्म निर्वाचन कार्यालयबाट सनाखत गरिसक्नुपर्ने हद म्याद तोकेको छ । त्यसैगरी जसपा परित्याग गरेर आयोगमा दर्ता भएको लोकतान्त्रिक समाजवादी पार्टीमा जान चाहने प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिले पनि भदौ २२ गतेसम्म सनाखत गरिसक्नुपर्ने भनेको छ ।

आइतबार निर्वाचन आयोगले सचिवालयको बैठक बसी नयाँ दल रोज्ने जनप्रतिनिधिहरूका लागि भदौ २२ गते बेलुका ५ बजेसम्मको हदम्याद तोकेको हो ।

यसअघि सनाखतमा छुटेका संघीय संसदका सांसदहरुले भने अब दल बदल गर्न नपाउने आयोगले जनाएको छ । तर, अध्यादेश अनुसार प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरुले भने नयाँ दल दर्ता प्रक्रिया शुरु भएको मितिले २१ दिनभित्र नयाँ दल रोज्न पाउने भएका छन् । आयोगले १० बुँदे निर्णय सार्वजनिक गर्दैत्यो २१ दिनको डेडलाइन २०७८ भदौ २ गते देखि २२ गते बेलुका पाँच बजेसम्मलाई तोकेको छ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;