आदीवासी जनजाति महासंघ साउदी अरब अध्यक्षमाः खेम तमु

 लिम्बुवान न्युज
                       

साउदी । नेपाल आदीवासी जनजाति महासंघ राष्ट्रिय समन्वय समिति साउदी अरेबियाको अध्यक्षमा खेम तमु निर्वाचित भएका छन् । शुक्रबार साउदीको खोबारस्थित क्लासिक रेस्टुरेन्टमा विशेष कार्यक्रम गरेर महासंघ साउदीको पुनर्गठन गरेको हो ।

यसैगरी उक्त कार्यक्रमबाट कार्यसमिति वरिष्ठ उपाध्यक्षमा नवराज तामाङ, उपाध्यक्षहरु क्रमशः भिमसरी पुन मगर (दमाम), लालबहादुर मगर (अल कासिम) उपाध्यक्ष वसन्त लिम्बु (खुल्ला), महासचिवमा रोशन श्रेष्ठ, उपमहासचिवमा रबिन थुलुङ्ग राई, सचिबमा सुमन योङहाङ लिम्बु, सह–सचिवमा मोति चेम्जोङ, कोषाध्यक्षमा चित्र कुमार चाम्लिङ राई, सह–कोषाध्यक्ष ओम कुमाल र प्रवक्ता बिजय लामा रहेका छन् ।

आगामी पहिलो बैठकले जेद्दा र रियाद क्षेत्रका लागि बाँकी रहेको दुई उपाध्यक्ष मनोनीत गर्ने कार्यक्रममा जनाईएको छ ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा क्रमशः जितमान गुरुङ, दुर्गा आले मगर, मित्रमनी राई, भिमा लिम्बु, पुष्पा राई, मिना योन्जन तामाङ, राममाया तामाङ, प्रेम ईजम लिम्बु, बलबहादुर कुमाल, अकल प्रधान, अन्जन गुभाजु, राज श्रेष्ठ र भीम बुढा मगर चयन गरेका छन् ।

कार्यक्रमका विशेष अतिथि समेत रहेका संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका संघीय सदस्य तथा साउदी प्रवासका सल्लाहकार एवं महासंघ साउदकी संरक्षक यक्वाले आदिवासी जनजातिहरुको भाषा, लिपी, संस्कार, संस्कृति एवं धार्मिक परम्परा संरक्षण सम्बर्द्धन गर्नमा थप मद्दत पुगोस भन्नका लागि महासंग पुनर्गठन गरिएको बताए । उनले साउदीमा रहेका आदिवासी जसनजाति विविध कारणबाट पीडित भएमा सहयोगको प्रत्याभूति दिलाउन समेत संस्थालाई सक्रकिय बनाउन यो गठन अपरिहार्य भएको हुँदा महासंघ पुनर्गठन गर्नुपरेको बताए ।

साउदीमा सन् २००५ मा केशरमान गुरुङको नेतृत्वमा स्थापित भएको महासंघ सन् २०१२ बाट निष्क्रिय जस्तै भएको थियो । धेरै बर्ष निश्कृय भएको महासंघलाई ९ बर्षपछि पुनः संगठित बनाउनको निमित्त आदिवासी जनजाती महासंघ साउदीको पुर्नगठित गरिएको संरक्षण श्री यक्वा लिम्बुले बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावासका श्रम काउन्सेलर जीवन राईले आदिवासी जनजाति महासंघ साउदीको पुनर्गठन भएकोमा खुशी व्यक्त गरेका थिए । काउसेलर राईले नवगठित कार्यसमितिलाई बधाई दिदै प्रवासमा रोजगारपछि बचेका समयलाई आदिवासी जनजातिका पहिचान, हकअधिकार र खोज अनुसन्धानमा लाग्ने कोसिस गर्नु भनेको आफैमा गौरवान्वित कुरा भएको बताए ।

त्यसैगरी कार्यक्रमका बिशेष अतिथि आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष जगत बरामले साउदीमा महासंघको पुनर्गठन हुनु आफैमा गौरवान्वित भएको बताए । भर्जुअल जुम मार्फत अध्यक्ष बरामले नवगठित कार्यसमितिलाई शुभकामना दिदै पुनर्गठन हुनुमा ढिला भएको प्रती गुनासो गरे । उनका अनुसार राज्यसत्ताले आदिवासी जनजातिहरुलाई विभिन्न बहानामा पिडा दिइरहेका छन् । महासंघले अहिले पनि आदिवासी जनजातीका हकअधिकारका लागि चरणबद्ध रुपमा आन्दोलन गरिरहेको अध्यक्ष बरामको भनाइ थियो ।

कार्यक्रमका विशेष अतिथि दूतावासका कर्मचारी हरि घिमिरेले आदिवासी जनजाति महासंघ पुनर्गठनले थप उर्जा थपिएको भन्दै शभुकामना दिएका थिए ।

त्यसैगरी कार्यक्रममा महासंघ साउदीका बिधान संशोधन समितिका संयोजक ओम घलेले २०२१ संसोधित बिधान वाचन गरेका थिए ।

महासंघका केन्द्रिय अध्यक्ष बरामले नवगठित कार्यसमितिका पदाधिकारीहरुलाई भर्जुअल मार्फत शपथ खुवाएका थिए । पुनर्गठन कार्यक्रमका सह–संयोजक चित्रकुमार राईले स्वागत मन्तव्य राखेको कार्यक्रम रविन थुलुङ राईले संचालन गरेका थिए । साउदी सरकारको कोरोना मापदण्डलाई मध्यनजर गरेर कार्यक्रमका अतिथिहरुलाई भर्चुअलमा निमन्त्रणा गरेको थियो ।

आदिवासी जनजाति महासंघ साउदीको संरक्षक मण्डलमा ओम घले, जेन कुमार लामा र श्रीप्रसाद यावा लिम्बु रहेका छन् । त्यसैगरी बिरेन्द्र चौधरीलाई प्रमुख सल्लाहकारको जिम्मेवारी दिएको उक्त कार्यक्रमले सल्लाहकारहरुमा प्रेम सिन्जाली मगर, राजेश सेन्दान लिम्बु, सुर्य श्रेष्ठ, जयदेव चाम्लिङ राई, नारायण गुरुङ र तुलसी माया गुरुङलाई चयन गरेको छ ।

 

सम्बन्धित समाचार

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...