भूटानी शरणार्थी समस्या समाधानका लागि बीआरआरआरसीको सरकारसँग अपिल

,   लिम्बुवान न्युज
                       

दमक, झापा । भुटानी शरणार्थीको प्रतिनिधिमुलक संस्था भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति (बीआरआरआरसी) ले शरणार्थी समस्या समाधानका लागि पहल गरिदिन नेपाल सरकारसंग अपिल गरेको छ ।

बीआरआरआरसीका तर्फबाट समितिका अध्यक्ष डाक्टर भम्पा राईले प्रधानमन्त्री शेरबहादुर देउवालाई चार दिनअघि बधाई शुभकामना सन्देस पठाउदै भुटानी शरणार्थी समस्या समाधानका लागि पहल गरिदिन अपिल गरेका हुन् ।

समितिले तीन दशकदेखि नेपाली भूमीमा भुटानी शरणार्थीहरू दुःखकष्ट सहँदै बसिरहेको र यतिका लामो शिविरको बसाई लम्बिदै गएपनि दिगो समाधान अझै नहुनु दुखद भएको उल्लेख गरेका छन् ।

भुटानी शरणार्थीलाई तेस्रो मुलुक पठाइएको तर घर फर्काउन भने यतिका बर्ष वितेपनि कतैबाट पहलकदमी नभएको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराइएको अपिलमा उल्लेख छ । अपिलमा भनिएको छ –‘ नेपाल सरकारको समन्वयमा शरणार्थी हेरचाहमा संलग्न विदेशी दातृसंस्थाले भुटानी शरणार्थीलाई तेश्रो मुलुक मात्र पुर्नावास गरियो, तर पुर्नावासमा इच्छा नराख्ने भुटानीलाई स्वदेश फिर्ती लैजाने काम हुन सकेन । ’ शिविरमा बाँकी रहेका स्वदेश फर्किने भुटानीलाई अव भुटान लैजाने वातावरण गर्न नेपाल सरकारले पहल गर्नु पर्ने समितिको अनुरोध छ ।

प्रधानमन्त्रीलाई पठाइएको सन्देशमा भनिएको छ, –‘भुटानी शरणार्थीलाई तेश्रो देश पुनर्वास गराउने मात्र जिम्मा दातृसंस्थाले लिए, तर हामी ससम्मान घर फर्किन चाहने भुटानीलाई घर फर्काउनका लागि कतैवाट भुटान सरकारलाई दबाब दिने काम भएनन् । शिविरमा शरणार्थी घट्यो तर समस्या समाधान हुनको सट्टा झन्झन जटिल बन्दै गएको छ ।’

समितिका अध्यक्ष डा. राईले यसअघि कांग्रेस सरकारमा हुँदा भुटानसँग द्विपक्षीय वार्ता गरी भुटानी शरणार्थीलाई स्वदेश फर्काउने पहलकदमीलाई उत्कर्षमा पु¥याँएको स्मरण गर्दै नेपालले भुटानीका समस्या समाधान गरी एसियामा नयाँ इतिहास बनाउने अपेक्षा व्यक्त गरिएको उल्लेख छ । यसअघि समेत समितिले त्तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पटकपटक अपिल गरिआएपनि सरकारबाट कहिल्यै सुनुवाई नभएको अपिलमा जनाईएको छ ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;