निर्देशक सागर केरुङ् सम्मानित

 लिम्बुवान न्युज
                       

ललितपुर, १४ भदौ । चलचित्र निर्देशक सागर केरूङलाई सम्मान गरिएको छ । ललितपुरस्थित कुखुरी काँ रेष्टुरेन्टमा याक्थुङ मुन्चइत चोक सयङले केरुङलाई सम्मान गरेको हो ।

नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना)ले आयोजना गरेको नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव (NIFF) मा केरुङको चलचित्र ‘के’ ले उत्कृष्ट कथाको अवार्ड जितेको थियो ।

सोही अवसरमा किरात याक्थुङ चुम्लुङ, हङकङका पूर्व अध्यक्ष त्रिभुवन लुम्फङ्वा र कियाचु हङकङका सांस्कृतिक विभाग अध्यक्ष लोक आङबुहाङसँग मुन्चइत चोक सयङले भेटघाट कार्यक्रम गरेको थियो ।

कार्यक्रममा गीतकार मीना सिंगक, कियाचुका सचिव तथा कलाकार यासेली योङहाङ, गायक तथा संगीतकार गायक मोनी ताम्लिङ, निर्देशक हाङ चेम्जोङ, गायक संगीतकार राजशुक्र लिम्बू, पुष्पाञ्जली तिल्लिङ, निर्देशक रवि सेर्मा, कलाकार कृष्णराज नेम्बाङ, प्रभु कुरुम्बाङलगायतको उपस्थिति थियो ।

बहुप्रतिभाका धनी केरुङ् फिल्म निर्देशक मात्र नभई साहित्यकार, सर्जक, लेखक, कथा, गीत र लिम्बु भाषा साहित्यमा दखल राख्ने गर्छन् । पहिचान पक्षमा राम्रो वकालत गर्न सक्ने क्षमताका धनी केरुङ्लाई पूर्वमा नचिन्ने कमै मात्र होलान भन्दा फरक नपर्ला ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...