कियाचु यूकेको आसफोर्ड शाखा अध्यक्षमा सुदिप थोप्रा

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । किरात याक्थुङ चुम्लुङ यूकेको आसफोर्ड शाखाको अध्यक्षमा सुदिप थोप्रालाई चयन भएका छन् । आइतबार आसफोर्डको मस्ग्रोभ रोडमा भएको पाँचौ अधिवेशनले सुदिप थोप्रालाई अध्यक्षमा निर्वाचित गरेको हो ।

कार्यक्रमलाई प्रमुख अतिथि कियाचु यूकेका उपाध्यक्ष छत्र वनेमले उद्घाटन गरेका थिए । शाखाको अधिवशेनले थोप्रोको अध्यक्षतामा २७ सदस्यीय कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षहरूमा काजी साम्यू, शकुन्तला नेम्वाङ, दिवस थोप्रा, सुन्दर लिङ्थेप, सचिवमा अमित थेवे, सहसचिवहरूमा डम्बर खापुङ, शिखर सम्बाहाम्फे, कोषाध्यक्षमा तुलविक्रम वनेम र सह–कोषाध्यक्षमा शान्ता फावेन निर्वाचित भएका छन् ।

त्यसैगरी, साँस्कृतिक विभाग सचिवमा शिखर सम्बाहाम्फे र सहसचिवहरूमा गोकुल लिवाङ, निसुमा मुसाहाङ, सिक्कुम हुक्पा चोङवाङ, भाषा तथा साहित्य विभाग सचिवमा शिशिर सम्बाहाम्फे र सहसचिवमा योगेन्द्र तावा रहेका छन् । यस्तै, सदस्यहरूमा राई बहादुर मादेन, बुद्धि जवेगू, अनिता मादेन, राम तुम्बाहाम्फे, पदमा योङहाङ, सरला नेयोङहाङ, पृथीहाङ येङ्देन, सुजेन्द्र माबोहाङ, दिवाना पालुङ्वा, यमुना नेम्वाङ र सृजना माबो रहेका छन् ।

निवर्तमान अध्यक्ष टङ्क येङ्देनको अध्यक्षता तथा सचिव दिवस थोप्राको सञ्चालनमा भएको उक्त अधिवेशनले निवर्तमान अध्यक्ष येङ्देनलाई आगामी सेप्टेम्बरमा हुन लागिरहेको चुम्लुङको १०औँ महाधिवशेनका लागि केन्द्रीय सदस्यमा पठाउने समेत सर्वसम्मतले निर्णय गरेको छ । अधिवेशनमा सचिव थोप्राले साङ्गठनिक प्रतिवेदन तथा कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । निर्वाचन मण्डल अध्यक्ष एवम् संस्थापक शाखा अध्यक्ष राजेन्द्र खिम्दिङले निर्वाचित समितिका पदाधिकारी सदस्यहरूलाई सपथ ग्रहण गराएका थिए । निर्वाचनको प्रक्रियामा पूर्व केन्द्रीय अध्यक्ष डम्मर सिंगक र शाखा सल्लाहकार दिल सम्बाहाम्फेले साथ दिएका थिए । नवनिर्वाचित अध्यक्ष थोप्राले पहिलो बैठक सेप्टेम्बर दोस्रो साता बस्ने तयारी भइरहेको जानकारी दिए ।

१० वर्ष पूरा गरेको अवसरमा काटियो केक

अधिवेशनकै क्रममा कियाचू आसफोर्ड शाखा स्थापना भएको १० वर्ष पूरा गरेको अवसरमा पूर्व अध्यक्षहरूले केक काटेर उत्सव समेत मनाएका थिए । अधिवेशनमा केन्द्रीय समितिका उपाध्यक्ष दुर्गा पाङ्मा, महासचिव गणेश इजम, केन्द्रीय सदस्य पूर्ण मादेन, पूर्व केन्द्रीय अध्यक्ष सिरी साम्यू, कोषाध्यक्ष देव हुक्पा चोङवाङ, शाखा सल्लाहकार नरेन्द्र माबोहाङ लगायतको उपस्थित रहेको थियो ।

कियाचु आसफोर्ड यूकेकै सबैभन्दा ठूलो शाखा मानिन्छ । आसफोर्ड शाखाको स्थापना सन् २०१० अगष्ट २९ मा भएको थियो । यूकेमा हाल १६ शाखाहरू रहेका छन् । केन्द्रीय महाधिवेशन यहीँ सेप्टेम्बर १७ र १८ मा अल्डरसटमा हुँदैछ ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;