काठमाडौं, १४ भदौ । भर्खरै बनेको नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल स्वदेश फर्किएका छन् । आइतबार उनी मिर्गौला प्रत्यारोपण गराएर भारतबाट स्वदेश फर्किएका हुन् ।
नेता खनाललाई स्वागत गर्न अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल विमानस्थल पुगेका थिए ।
विमानस्थलमा पत्रकारहरुसँग उनले भने एमाले दक्षिणपन्थी भासमा भासिएको र अब विसर्जन हुने दाबी गरे । उनले भने –“अब नयाँ बनेको पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टी नयाँ ढंगबाट अघि बढ्ने छ ।” उनले आफूहरुले सबैलाई क्रान्तिकारी बाटोबाट अघि बढ्न पनि आग्रह गरेको बताए ।
नेता खनालको तर्फबाट प्रमेश हमालले जारी गरेको वक्तव्य वाचन गरेका थिए । नेता खनाल अढाई महिनाअघि उपचारको लागि भारतको नयाँ दिल्ली गएका थिए ।
Related