लाहुरेको सहर धरानमा भित्रियो गोर्खा ब्राण्डको घडी

,   लिम्बुवान न्युज
                       

धरान/कुमार एण्ड सन्स ग्रुपले धरानमा गोर्खा ब्राण्डका घडीको पनि बिक्री शुरुवात गरेको छ ।

धरान १० पुतलीलाइन(खहरे खोला छेउ)मा सोमबार एक कार्यक्रमबीच कुमार एण्ड सन्स इम्पोरियमको उद्घाटन भएसँगै गोर्खा वाचको बिक्रीवितरण शुरुवात भएको हो । इम्पोरियममा ५० लाख बराबरको लगानी रहेको सञ्चालक सुमन कुमार श्रेष्ठले जानकारी दिए । यहाँ गोर्खा ब्राण्ड अन्तर्गत बालबालिका, महिला र पुरुषका डिजिटल, स्मार्ट र एनालग घडीहरु पाइने उनले बताए ।

यसका साथै गोर्खा ब्राण्डकै अन्य लेदरका सामग्री, चस्मा, भित्ते घडी, ब्याग, ब्राण्डेड कपडा, टाई पिन, कलाकृतिहरुसमेत पाइने इम्पोरियमले जानकारी दिएको छ । गोर्खा ब्राण्डकै खुकुरी आइटमहरु पनि यहाँ पाइनेछ ।

गोर्खालीहरुको वीर गाथा बोकेको घडी

गोर्खा वाच सन् २०१५ मा बेलायतमा उत्पादन गरिएको थियो । यसले नेपाली गोर्खालीहरुको वीर गाथा बोकेको बताइन्छ । बेलायतमा गोर्खाली सेनाहरुले सेवा गरेको २ सय बर्ष पुगेको उपलक्ष्यमा गोर्खालीहरुको त्याग र सम्मानमा २ सय वटा गोर्खा वाच निर्माण गरिएको थियो । सिमित संख्यामा मात्र उत्पादन भएको गोर्खा वाचको माग बजारमा अत्यधिक भएपछि अहिले ब्राण्डकोरुपमा स्थापित हुन सफल भएको छ ।

धरान पनि भूपू ब्रिटिश आर्मीहरुको सहर हो । लाहुरेहरुको सहर भनेर परिचित धरानमा पनि वीर गोर्खालीहरुको इतिहासलाई जीवन्त राख्न गोर्खा ब्राण्ड वाचलाई भित्र्याएको कुमार एण्ड सन्स इन्पोरियमका सञ्चालक सुमन कुमार श्रेष्ठको भनाई छ । (क्लिक धरानबाट)

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;