फाल्गुनन्द साकोसद्वारा बार्षिक प्रतिवेदन सार्वजनिक

,   लिम्बुवान न्युज
                       

फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था (साकोस)का अध्यक्ष लगायत पदाधिकारी र कर्मचारीहरू प्रतिवेदन सार्वजनिक गर्दै

दमक, १५ भदौं । झापाको दमकमा केन्द्रीय कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था (साकोस)ले १०औं साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ ।

मंगलबार दमक ६ मा रहेको संस्थाको सभाहलमा पत्रकार सम्मेलन गरि प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनलाई संस्थाका अध्यक्ष पदम लिङदेन (संकल्प), उपाध्यक्ष महेन्द्र चाम्लिङ, सचिव दिलीप जवेगु, कोषाध्यक्ष फूलकुमारी आङदेम्बे र संस्थाका व्यवथापक कुवेर तुम्बापो लगायतले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका अध्यक्ष लिङदेनले विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण स्वास्थ्य सावधानी अपनाउदै यसवर्ष असोज ७ गते साधारणसभा सम्पन्न गरिने तय भएको बताए ।

अध्यक्ष लिङदेनले यसवर्ष संस्थाको चुनावी साधारणसभा समेत भएकाले त्यसैअनुसार कार्यक्रम तय गरिएको बताए । जसअन्तर्गत असोज ५ मा सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका लागि उम्मेदवारी मनोयन दर्ता, ६ गते उम्मेदवारी माथि दावीविरोध र फिर्ता छ भने ७ गते साधारणसभा सम्पन्न गरिने संस्थाले जनाएको छ ।

दमकमा मुख्य कार्यालय रहेको सहकारीले जिल्लाको शिवसताक्षी, बिर्तामोड सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । यसवर्ष मोरङको उर्लाबारी, मिक्लाजुङ गाँउपालिका त्यसैगरी इलाम जिल्लाको चुलाचुली र माङसेबुङ लगायत झापा, मोरङ र इलामका १० स्थानमा सेवा केन्द्र विस्तार गर्ने यजना रहेको अध्यक्ष लिङदेनले बताएका छन् । संस्थाले मुख्य कार्यालयसहित सेवाकेन्द्रबाट शेयर सदस्यहरुलाई प्रतिवेदन वितरण गरिने जनाईएको छ ।

अध्यक्ष लिङदेनले संस्थाको आगामी चार वर्ष भित्र प्रदेशकै नमुना सहकारीका रुपमा विस्तार गर्दै शेयर सदस्यको सुविधाका लागि मोवाइल बैकिङ लगायतका सेवा दिने समेत लक्ष्य रहेको बताए ।

प्रतिवेदन सार्वजनिकरण कार्यक्रममा संस्थाका व्यवस्थापक कुवेर तुम्बापोले संस्थाको वित्तिय विवरण संक्षिप्त रुपमा प्रस्तुत गरेका थिए । सो कार्यक्रममा संस्थाका सञ्चालक, उपसमितिका पदाधिकारी तथा सदस्यहरुकोे उपस्थिति रहेको थियो ।

कारोवारमा बृद्धि

१६४८ जना शेयर सदस्य रहेको सहकारीले कोरोना महामारीका बाबजुद कारोवार वृद्धि गर्न सफल भएको छ । संस्थाका व्यवस्थापक तुम्बापोका अनुसार संस्थाले महामारीका बीच पनि सेवा विस्तार संगै आर्थिक प्रगति गर्न लक्ष्य अनुरुप बृद्धि गर्न सफल भएको छ ।

अघिल्लो वर्षको शेयर पूंजीलाई झण्डै दोव्वर बृद्धि गरेर ३ करोड ६५ लाख १२ हजार ३सय पुरयाँएको छ भने कुल कारोवार ७५ करोड २९ लाख ७६ हजार २७८ रुपैया गर्न सफल भएको व्यवस्थापक तुम्बापोले जनाएका छन् । त्यस्तै, वासलात २६ करोड ११ लाख ५ हजार ६९ रुपैया रहेको संस्थाले जनाएको छ । संस्थाले १८ करोड ३३ लाख २० हजार ९६४ रुपैया कर्जा लगानी , १४ करोड १६ लाख ४७ हजार ४९४ रुपैया बचत गरेको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;