राज्यमन्त्री तुम्बाहाम्फेले अस्पताल पुगेर भेटिन् पूर्व एलभी कमाण्डर योङहाङ्लाई

 लिम्बुवान न्युज
                       


विराटनगर, १६ साउन । लिम्बुवान आन्दोलनका पूर्व एलभी कमाण्डर फक्ताङलुङ योङहाङको स्वास्थ्यस्थित बुझ्न प्रदेश नं. १ का सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फे न्यूरो अस्पताल विराटनगर पुगेकि छन् ।

घरमा घाँस काट्ने मेसिनले घाँस काट्ने क्रममा हातका औलाहरु काटिएपछि हाल न्यूरो अस्पताल विराटनगरमा उपचार गराईरहेका योङ्हाङकाे स्वास्थ्य अवस्था बुझ्न आइतबार मन्त्री तुम्बाहाम्फे अस्पताल पुगेकि हुन् ।

२०६२/०६३ को जनआन्दोलनसँगै उठेको लिम्बुवान आन्दोलनका एक योद्धा नौं जिल्लाको कुनाकुनामा संगठन विस्तारको लागि खाटिएका युवा योङहाङको लिम्बुवान आन्दोलनमा अझै पनि चर्चा हुने गर्दछ । सरल र मिजासिला व्यक्तित्व भएका योङ्हाङ् कमाण्डमा भने निक्कै नै निपूण भएको लिम्बुवान भोलेन्टियर्सका कमाण्डरहरु भन्ने गर्दछन् । उनको कमाण्डमा ठूलाठूला आन्दोलनहरु सफलतापूर्वक अवतरण गरेको पूर्व एल.भी. कमाण्डर राजु राई बताउँछन् ।

हाल भने लिम्बुवान आन्दोलन बाहिर रहेका योङहाङ् कृषि तथा पशुपालन फर्म संचालन गरेर बसेका छन् । गत दुई महिना अघि मेसिनले हात काटेपछि अहिले निरन्तर उपचारका रहेका योङहाङको स्वास्थ्यमा क्रमिक सुधार भईरहेको पारिवारिक स्रोतले जनाएको राज्यमन्त्रीका स्वकिय सचिव दिपक योङहाङ् लिम्बुवानखबरलाई जानकारी दिएका छन् ।

 

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;