गौरादहमा लिम्बुवान, किरात प्रदेश माग गर्दै कोणसभा

 लिम्बुवान न्युज
                       


दमक, साउन १६ । झापाको गौरादहमा प्रदेश न.ं १ को नामाकरण लिम्बुवान, किरात प्रदेशको माग गर्दै बजार परिक्रमा सहित कोणसभा सम्पन्न भएको छ ।

लिम्बुवान, किरात संयुक्त संघर्ष समिति झापाको आयेजनामा आइतबार गौरादहमा ¥याली सहित प्रदेशको नाम पहिचानको आधारमा लिम्बुवान, किरात घोषणा गराउन दवावमूलक कोणसभाको आयोजना गरिएको हो ।

सम्पन्न कोण सभालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय महासचिव तथा संघर्ष समिति कार्यदल सदस्य अशोक चेम्जोङ्ले प्रदेश न.ं १ को नामाकरणको सन्दर्भ उठेको लिम्बुवान आन्दोलनले स्थापित गरेको राजनैतिक मुद्धालाई जातियतासँग जोडेर कोशीमा बगाउन खोज्ने राज्यसत्ताका पहरेदारहरुसँग प्रदेश न.ं १ को नाम लिम्बुवान, किरात घोषणा नगरे कुनैपनि सम्झौता हुन नसक्ने चेतावनी दिएका छन् । उनले भने, ‘राष्ट्रिय राजनीतिकमा आफूलाई मूलधारको रुपमा स्थापित गरेर राज्य सञ्चालन गर्ने गरेको दावी गर्ने सत्ताधारीहरुले लिम्बुवान, किरात प्रदेश घोषणाको मागलाई बेवास्ता गरे भने दीर्घकालसम्म आन्दोलन नरोकिने बरु लिम्बुवान, किरात आन्दोलन स्वतन्त्रताको क्रान्तिमा होमिन सक्ने छ ।’

अर्का वक्ता जसपा प्रदेश नं. १का सदस्य तथा कियाचु झापाका सल्लाहकार धिरेन लावतीले प्रदेश न.ं १ को नाम लिम्बुवान, किरात प्रदेश घोषणा हुनपर्छ भन्ने माग बिना आधार अघि सारिएको नभई ऐतिहासिक भूगोल र सभ्यताको कुरालाई जोडेर अघि सारिएको बताए । यो लिम्बुवान र किरात भूगोल नै वास्तवमा प्रदेश न.ं १ को ऐतिहासिक, प्राचीन र साझा पहिचान र अस्तित्वको मूल आधार भएकाले प्रदेश न.ं १ को पहिचानयुक्त साझा नाम र सर्वस्वीकार्य नाम हुन सक्ने लावतीले बताए ।

यसरी नै कोण सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र सम्बद्ध लिम्बुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सचिवालय सदस्य गजेन्द्र मिभकले आन्दोलनले स्थापित भएको पहिचान र अस्तित्वको मागलाई राज्यका सत्ताधारीहरुले स–सम्मान मान्यता दिएर सम्बोधन नगरे फेरिपनि जनक्रान्तिले स्थापित गरि छाड्ने कुरामा जोड दिए ।

कोणसभालाई सम्बोधन गर्दै किरात याक्थुङ् चुम्लुङ् लिम्बुवान प्रदेश सचिव तथा संघर्ष समिमतका कार्यदल सदस्य इक्साहाङ् चेम्जोङ्ले प्रदेश न.ं १ को राजधानी विराटनगर केन्द्रित धर्ना कार्यक्रम साउन १७ गतेदेखि निरन्तर प्रदेश सदन चलिञ्जेल परिचालन गरिने भएकोले सम्पूर्ण पहिचान र अस्तित्ववादी पक्षधरहरु एकजुट भई आन्दोलनमा सहभागी भइदिन आग्रह गर्नुहुँदै प्रदेश न.ं १ को नामाकरण लिम्बुवान, किरात प्रदेश घोषणा हुनुको विकल्प नरहेको कुरा बताए ।

यसैगरी कार्यक्रममा लिम्बुवानका प्रान्तीय महासचिव तथा कार्यदल सदस्य दिलकुमार लावती, विभिन्न घटक दलका प्रमुख तथा प्रतिनिधिहरु लगायत झापाका विभिन्न क्षेत्रबाट कार्यक्रममा सहभागिभएका थिए ।

किरात याक्थुङ् चुम्लुङ् झापा अध्यक्ष तथा लिम्बुवान, किरात संयुक्त संघर्ष समिति झापाका संयोजक सेसेहाङ् फियाक लिम्बुको सभापतित्वमा आयोजित कोणसभालाई संघर्ष समिति सदस्य सचिव ओमप्रकाश खापुङ्ले सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...