गोर्खा सैनिकको जीवन कथामा आधारित ‘सोल अफ द कमाण्डो’ प्रदर्शन हुने

 लिम्बुवान न्युज
                       


गोर्खा सैनिकको जीवन कथामा निर्माण भएको फिल्म ‘सोल अफ द कमान्डो’को नेपालसहित बेलायत र क्यानडाका लागि प्रदर्शन मिति घोषणा गरिएको छ । ग्रयान्ड मास्टर राजकुमार राईको मुख्य भूमिका रहेको फिल्म मंसिर २ गतेबाट नेपालमा प्रदर्शन हुनेछ भने अगस्ट २७ मा बेलायत र सेप्टेम्बर २४ र २५ मा क्यानडामा प्रदर्शन हुने निर्देशक युवराज (वीरबहादुर) राईले जानकारी दिए ।
यस फिल्ममा राईसँगै कमला खापुङ लिम्बु, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, शिशिर बङ्गेल, नरेन खड्का, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, संगीता लिम्बुलगायतका कलाकारहरुको अभिनय छ । फिल्मको प्रस्तुतकर्ता विजया राई, रवि थापा, धन लिम्बु र मिलन राई हुन् भने कार्यकारी निर्मातामा विजय एल राई छन् । त्यस्तै, मिलन राई र धन लिम्बू निर्माता हुन् ।
सिलिचुङ फिल्मको ब्यानरमा निर्माण भएको फिल्ममा दिर्घ गुरुङको छायांकन, एनबी महर्जनको द्वन्द्व, राजेश पायल राई र बबिना किरातीको गीतमा स्वर, सन्तोष दुमी र आनन्द राईको संगीत छ । अभिनेता राईले फिल्मको प्रदर्शनबाट सकंलित केही रकम च्यारिटीमा खर्च गर्ने जानकारी दिए । राजकुमार राई नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने प्रसिद्ध तेक्वान्दो खेलाडी समेत हुन् ।
अभिनेता राई ७औं डिग्री तेक्वान्दो ब्लाकबेल्ट हुन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय धेरै खेलहरुमा थुप्रै पदकहरु जितिसकेका उनले १९८४ बाट अन्तर्राष्ट्रिय च्याम्पियनसीप जित्न सफल भएका थिए । नेपाल, हङकङ, फिलिपिन्स, दक्षिण कोरिया, पाकिस्तान, स्पेन, ईरान लगायतका देशमा उनले कयौं खेल जितेका छन् । ‘सोल अफ द कमान्डो’मा उनलाई दर्शकले एक्सन अवतारमा देख्न पाउनेछन् ।

ट्रेलर हेर्नुहाेस्ः

सम्बन्धित समाचार

पहिचान आन्दोलनका प्रथम शहीद पदमकुमार लिम्बुको शहादत्ताको चर्चाः समाधिस्थल लगायत विभिन्न स्थानमा स्मृतिसभा सम्पन्न

दमक, १० चैत्र । प्रदेश नं. १ को नामाङकन कोशी राखेसँगै उठेको पहिचानवादी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङ) शहादत्त भएको आज एक बर्ष पुरा भएको छ । शहीद लाजेहाङको साहदतको चर्चा गर्दै शनिबार मोरङको...

महागुरु फल्गुनन्दको समाधिमा शालिक नराख्न संघको अनुरोध

दमक, १० चैत्र । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकास्थित वडा नं. २ र ३ तथा फिदिम नपा वडा नं. ३ को संगम स्थल सिलौटीमा राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको शालिक नराख्न सो क्षेत्र संरक्षण गर्दै आएका किराती...

इलाम २ मा पत्रकार मिलन लिम्बुको स्वतन्त्र उम्मेदारी घोषणा

दमक, ४ चैत्र । नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय महासचिव मिलन लिम्बूले इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौं अनामनगरस्थित युनियन हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले उपनिर्वाचनमा स्वतन्त्र...

इलाम २ मा डकेन्द्रसिंह थेगीम लिम्बु पहिचान पक्षधरहरुको साझा उम्मेदवार घोषणा

ललितपुर, चैत्र ३ । ‘कोशी’ नाम विरुद्व आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले पहिचान पक्षधरहरुको आसन्न इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा साझा उम्मेदवार घोषणा गरेका छन् । संघर्ष समितिले बिहीबार...