गोर्खा सैनिकको जीवन कथामा आधारित ‘सोल अफ द कमाण्डो’ प्रदर्शन हुने

,   लिम्बुवान न्युज
                       


गोर्खा सैनिकको जीवन कथामा निर्माण भएको फिल्म ‘सोल अफ द कमान्डो’को नेपालसहित बेलायत र क्यानडाका लागि प्रदर्शन मिति घोषणा गरिएको छ । ग्रयान्ड मास्टर राजकुमार राईको मुख्य भूमिका रहेको फिल्म मंसिर २ गतेबाट नेपालमा प्रदर्शन हुनेछ भने अगस्ट २७ मा बेलायत र सेप्टेम्बर २४ र २५ मा क्यानडामा प्रदर्शन हुने निर्देशक युवराज (वीरबहादुर) राईले जानकारी दिए ।
यस फिल्ममा राईसँगै कमला खापुङ लिम्बु, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, शिशिर बङ्गेल, नरेन खड्का, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, संगीता लिम्बुलगायतका कलाकारहरुको अभिनय छ । फिल्मको प्रस्तुतकर्ता विजया राई, रवि थापा, धन लिम्बु र मिलन राई हुन् भने कार्यकारी निर्मातामा विजय एल राई छन् । त्यस्तै, मिलन राई र धन लिम्बू निर्माता हुन् ।
सिलिचुङ फिल्मको ब्यानरमा निर्माण भएको फिल्ममा दिर्घ गुरुङको छायांकन, एनबी महर्जनको द्वन्द्व, राजेश पायल राई र बबिना किरातीको गीतमा स्वर, सन्तोष दुमी र आनन्द राईको संगीत छ । अभिनेता राईले फिल्मको प्रदर्शनबाट सकंलित केही रकम च्यारिटीमा खर्च गर्ने जानकारी दिए । राजकुमार राई नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने प्रसिद्ध तेक्वान्दो खेलाडी समेत हुन् ।
अभिनेता राई ७औं डिग्री तेक्वान्दो ब्लाकबेल्ट हुन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय धेरै खेलहरुमा थुप्रै पदकहरु जितिसकेका उनले १९८४ बाट अन्तर्राष्ट्रिय च्याम्पियनसीप जित्न सफल भएका थिए । नेपाल, हङकङ, फिलिपिन्स, दक्षिण कोरिया, पाकिस्तान, स्पेन, ईरान लगायतका देशमा उनले कयौं खेल जितेका छन् । ‘सोल अफ द कमान्डो’मा उनलाई दर्शकले एक्सन अवतारमा देख्न पाउनेछन् ।

ट्रेलर हेर्नुहाेस्ः

https://www.youtube.com/watch?v=hK0-h6esePA

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;