तमाेर करिडाेर कालाे पत्रे हुने

 लिम्बुवान न्युज
                       

आर्थिक र रणनैतिक महत्वको सडकको रुपमा लिइएको चतरा–मुलघाट–सुभाङखोला– गणेश चोक सडक (तमोर करिडोर) लाई कालोपत्रे गर्नका लागि ठेक्का खुलेको छ।

पूर्वी पहाडको ‘लाइफलाइन’ को रुपमा हेरीएको सडकको कालोपत्रे गर्ने ठेक्का खुलेसँगै यो क्षेत्रका बासिन्दा उत्साहित भएका छन्। गणेश चोकदेखि मुलघाटसम्मको १ सय १० किलोमीटर सडक कलोपत्रे गर्नका लागि ठेक्का खुलेको आयोजना प्रमुख कुवेर नेपालीले जानकारी दिए।

अहिले मुलघाटदेखि भेडेटार  हुँदै धरान जाने सडक मुख्य रुपमा प्रयोगमा आएको छ। ग्राबेल स्तरको सडक बनेसँगै तराई र अन्य जिल्ला जान छिटो सडकको रुपमा प्रयोगमा आइरहेको थियो। दुई खण्डमा कालोपत्रे गर्ने गरी ५ अर्ब ७६ करोडमा ठेक्का खुलेको हो। विभिन्न हिसाबले महत्पूर्ण मानिएको सडकको कालोपत्रे गर्नका लागि ठेक्का खुलेको नेपालीले जानकारी दिए।

‘तमोरको किनारै किनार बन्ने डबल लेनको यो सडक नेपालकै नमुना सडक बन्ने छ’ नेपालीले भने। ‘पूर्वी पहाडलाई तराई जोड्ने छोटो सडक हुनुका साथै आर्थिक हिसाबले पनि यो महत्वपूर्ण छ।’ एक महिना भित्रमा आवेदन गर्ने गरी ठेक्काको सूचना निकालिएको छ। आसपाल प्रविधिको कालोपत्रे गर्ने गरि ठेक्का खुलाइएको छ। यो खण्डमा पर्ने ८ वटा पुलमध्ये ७ वटाको ठेक्का लागि सकेको नेपालीले जानकारी दिए।

चतरादेखि गणेशचोक १ सय ५८ किलोमीटर रहेको छ। मुलघाटदेखि चतरा खण्डको भने कालोपत्रेको ठेक्का खुलेको छैन। पाँचथरको सुभाङखोलादेखि तमोर करिडोर ताप्लेजुङको टिप्लतासम्मका लागि अघि बढ्छ। टिप्तला नेपाल–चिन सिमानामा पर्छ। यो सडक सम्पन्न हुनेहो भने उत्तर–दक्षिणी छोड्ने छोटो सडक बन्ने छ। टिप्तलादेखि रानीभन्सार ३ सय किलोमीटर रहेको छ।

चतरा–गणेशचोक खण्डको सडक ग्राबेल स्तरको बनेपछि यहाँ चहलपहल बढ्दै गएको थियो। धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुमका बासिन्दाका लागि यो सडक महत्वपूर्ण मानिन्छ। सडकले प्रदेश र संघीय राजधानी, ठूला अस्पताल भएको ठाँउ जाने बाटो छोटिएको छ। यो सडकको ट्रयाक खोल्न ६ अर्ब १५ करोड १४ लाख मा ठेक्का लागेको थियो। केही ठाउँ रुट परिवर्तन हुँदा लागत केही बढेको बताइएको छ। (नागरिक खबरबाट)

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;