लिम्बुवान, किरात प्रदेश नामाङकन विषयक अन्तरक्रिया हुने

 लिम्बुवान न्युज
                       

दमक, १८ साउन । लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रदेश नं. १ को नामाङ्कन लिम्बवान, किरात विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । समितिको मंगलबार विराटनगरमा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

समितिले विहीबार विराटनगरस्थित नमस्कार रिजेन्सी होटलको सभाहलमा प्रदेशका मन्त्री, प्रदेश सदस्य, बुद्धिजिवी, संघर्ष समितिमा आबद्ध ३५ घटकका प्रमुखहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिने किरात याक्थुङ् चुम्लुङ्का महासचिव निरन्ती तुम्बापोले बताइन् ।

प्रदेश नं. १ को नामाकरण विषय पेचिलो बन्दै गइरहेको बेला सडकमा कियाचूको समन्वयमा संगठित भएको समितिले गत ५ गते देखि प्रदेशको राजधानी विराटनगरमा विरोध सभा, ¥याली र धर्ना कार्यक्रम निरन्तर जारी राखेको छ । पहिचान र भूगोल तथा ऐतिहासिकताको आधारमा सबै जाती वर्गलाई समेट्ने गरी प्रदेशको नाम लिम्बुवान, किरात राख्नु पर्ने माग राख्दै आन्दोलन जारी राखेको छ ।

वि.सं. १८३१ साउन २२ को लिम्बुवान, गोर्खा सन्धीलाई मान्ने हो भने आजभन्दा अढाईसय बर्ष अघि इतिहासलाई मान्ने हो भने पहिचानको आधारमा नामाङ्कन गर्ने आधार प्रदेश नं. १ मा भएको हुँदा अहिलेलाई प्रदेश सदस्यहरुले लिम्बुवान, किरात नामाङ्न नै उपयुक्त भएको आन्दोलनकारीहरुको जिकीर रहेको छ ।

आन्दोनकारीहरुले प्रदेशको नामाङ्कन लिम्बुवान, किरात नभएमा देशमा स्थायी शान्ति र अमनचयन नहुने मात्र होइन देश द्वन्द्वतर्फ धकेलिने समेत चेतावनी दिएका छन् ।

 

 

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;