११ मा विद्यार्थी भर्ना लिन साउन मसान्तसम्म बोर्डको निर्देशन

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १९ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा पढ्ने विद्यार्थीहरुको भर्ना साउन मसान्तसम्म गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ ।

परीक्षा बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेपछि कक्षा ११ पढाई हुने अधिकांश विद्यालयले एक साताभित्र विद्यार्थी भर्ना गर्ने गरी आवेदन आह्वान गरेपछि बोर्डले सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

शैक्षिकसत्र २०७९/०८० का लागि कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सम्बन्धमा विभिन्न विद्यालय/क्याम्पसले फरकफरक भर्ना तालिका तय गरी छोटो समयको मात्र म्याद राखेपछि बोर्डले सूचना जारी गर्दै साउन मसान्तसम्म भर्ना गर्न निर्देशन जारी गरेको छ । अब विद्यार्थीहरुले साउन मसान्तसम्ममा भर्ना गर्न पाउने भएको छ ।

दुर्गम क्षेत्रका विद्यार्थीले छोटो समयमा भर्नाका लागि आवेदन दिने अवसरबाट वञ्चित हुने अवस्था रहेकोले सबै विद्यालयले एसइईको नतिजा सार्वजनिक भएको कम्तीमा १५ दिनसम्म आवेदन दिन सक्नेगरी भर्नाको व्यवस्था गर्न बोर्डले निर्देशन दिएको हो ।

बोर्डले साउन मसान्तसम्म विद्यार्थी भर्ना लिने व्यवस्था मिलाउन सम्बन्धित सबै विद्यालय एवं क्याम्पसलाई निर्देशन दिँदै स्थानीय तहलाई समेत आफ्नो पालिकाअन्तर्गतका विद्यालयमा समन्वय र सहजीकरण गरी विद्यार्थी भर्ना एवम् कक्षा सञ्चालनको व्यवस्था गर्न अनुराेध गरेको छ ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;