मोरङका जनप्रतिनिधिको जिवनी सहितको पुस्तक सार्वजनिक

 लिम्बुवान न्युज
                       


दमक, २१ साउन । मोरङको पथरीशनिश्चरे नगरलाई आफ्नो कर्मक्षेत्र बनाएर विभिन्न विषयमा पुस्तकहरू प्रकाशित गर्दै आएका यूवा लेखक दिपेन्द्र तिमिल्सिनाले पूनः अर्को ९औं खोजमूलक पुस्तक सार्वजनिक गरेका छन् ।
दैनिक १० देखि १५ किलोमिटर पैदल हिडेर जिल्लाका विभिन्न पालिकाका वडा–वडा पुगेका लेखक तिम्सिनाले मोरङका १७ वटा पालिकाका १७ जना नवनिर्वाचित प्रमुख÷उप प्रमुख तथा १ सय ५९ जना वडाध्यक्षहरुलाई भेटेर जिवनी लेखेका हुन् ।
लामो समय पत्रकारिता गरेका लेखक तिमिल्सिनाले जिल्लाका ६, सय ३६ जना वडा सदस्यहरुको तथ्यांक संकलन पनि गरेका छन् । मुख्य पूर्व – पश्चिम राजमार्ग खण्डमा मात्रै सवारीसाधन प्रयोग गर्ने तर बाईक वा अन्य कुनै पनि सावारी साधनहरू नचढी बैशाख–जेठ महिनाको टन्टलापुर घाम र गर्मी सँगै बर्षाको झरीसँगै पुस्तकका विषयवस्तु संकलन गरेका अविस्मरणीय क्षणहरु जिन्दगीको यादगार भएको बताए ।
उनले पुस्तक तयारीका क्रममा कतिपय पालिकाका वडा कार्यालयहरू अहिले पनि सरकारी विद्यालय वा सामुदायिक वनमा समेत रहेको भेटाएका छन् । यसैगरी, अव्यवस्थित जग्गा प्लटिङ्ले जिल्लाका अधिकांश पालिकाहरूमा बर्खायाममा खोला किनारामा मात्र हैन; सुविधासम्पन्न बजारमै ठुलो डुवान हुने गरेको पाईएको छ ।
पुस्तक तयारीका लागि केही पालिकाका वडाध्यक्षले वडाध्यक्ष पदमा निर्वाचित भए पनि आफ्नो अधिकार र काम–कर्तव्यका बारेमा केही थाहा नभएको पनि पाएको बताए । यस अघिका मोरङका ८ जना प्रधानमन्त्रीहरुले सत्ता सम्हाली सकेको यो मोरङ जिल्लामा २०४९ र २०५४ सालमा तत्कालिन ६५ वटा गाविस अध्यक्षहरु थिए ।
पुस्तक भित्र लेखक तिमिल्सिनाले मोरङमा माओवादी जनयूद्ध तथा अन्य जनआन्दोलनमा मारिएकाहरुको विवरणहरु उल्लेख गरेका छन् । लेखक तिमिल्सिनाले पुस्तकभित्र माओवादी द्वन्द्वकालमा बेपत्ता हुनेहरु, सरकार पक्ष र माओवादी पक्षबाट मारिएकाहरुको विवरण, मोरङका प्रमुख जिल्ला अधिकारीहरु, मोरङबाट केन्द्रीय सरकारमा मन्त्री हुनेहरु, २०१५ सालदेखि २०७४ सालसम्मका प्रत्येक निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु, जिल्ला बिकास समिति, जिल्ला समन्वय समितिका सभापति÷अध्यक्षहरु समेतको विवरणहरु राखेका छन् ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...