लिम्बुवान, किरात प्रदेश नामाकरण नगरिएसम्म आन्दोलन जारी रहने चेतावनी

 लिम्बुवान न्युज
                       


विराटनगर, २२ साउन । प्रदेश १ को नामाङकन पहिचानको आधारमा लिम्बुवान, किरात प्रदेश घोषणा नगरिएसम्म आन्दोलन जारी रहने आन्दोलनकारीहरुले चेतावनी दिएका छन् ।

संयुक्त संघर्ष समितिले आइतबार प्रदेश संसद भवन अगाडि लिम्बुवान, किरात प्रदेश नामाङकन घोषणा गराउने माग राख्दै पुनः धर्ना कार्यक्रमको आयोजना गरेका हुन् ।

आजभन्दा २ सय अडचालिस बर्ष अगाडि बि.सं. १८३१ साउन २२ गते आजैको दिन लिम्बुवान र गोर्खा राज्य बिच भएको लालमोहर ननुपानीको सान्धी एउटा ऐतिहासिक दस्तावेज बोकेको यो आन्दोलन अब त्यतिकै नरोकिने धर्ना कार्यक्रमका वक्ताहरुले बताए ।

३५ घटक रहेको संघर्ष समितिले चरणबद्ध आन्दोलनको रुपमा धर्ना कार्यक्रममा सरिक भईरहेको छ । साउन ५ गते बृहत जनप्रदर्शन सहित मुख्यमन्त्री कार्यालय र संसद सचिवालय भवन घेराउ कार्यक्रम सँगै साउन १० गते, साउन १७ गते र आज पुनः तेस्रो धर्ना कार्यक्रम आयोजना गरेको हो । प्रदेश संसदको अधिवेशन जुनदिन चल्छ सोही दिन धर्ना जारी राखेको संघर्ष समितिले संसद चलेमा यो कार्यक्रम निरन्तर रहने कियाचु अध्यक्ष प्रेम एक्तेनले बताए ।

कार्यक्रमलाई चर्चित पहिचानवादी साहित्यकार युग पाठक, राजन मुकारुङ्, नेपाली आदिवासी जनजाति महासंघका पूर्व उपाध्यक्ष गोविन्द छन्त्याल, कियाचू महासचिव निरन्ती तुम्बापो, पश्चिात खसानबाट संघीय खसान मञ्चका अध्यक्ष रघुवीर सिंह ठगुन्ना, दलित मञ्चकी अध्यक्ष शर्मिला वागचन्द , लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका उपमहासचिव मौसम लिम्बु, जसपा लिम्बुवान राष्ट्रिय समितिका भक्त खेवाङ लिम्बु, धिमाल स्वायत्त क्षेत्रका अध्यक्ष वाङगाई धिमाल, किरात लिम्बु संघका त्रिवेणी चोङबाङले लिम्बुवान, किरात प्रदेश नामाकरण नगरिएमा आन्दोलन चुप नरहेने उद्घोष गरेका छन् ।

यसरी नै कार्यक्रममा नेपाली कांग्रेस सम्बद्ध लिम्बु संघका प्रतिनिधि, विभिन्न साहित्यकारहरुबाट पहिचानवादी कविताहरु, केलाङ र येवालाङ् लगायत सांस्कृतिक कार्यक्रम समेत भएको थियो । कियाचू प्रदेश अध्यक्ष मधुराज केरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन मुख्य सचिव मधुराज केरुङ र केदार धिमालले संयुक्त रुपमा संचालन गरेका थिए ।

 

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...