सामाजिक मञ्च यूकेको साधारणसभा सम्पन्न

,   लिम्बुवान न्युज
                       


बेलायत, २३ साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान प्रान्तीय मञ्चको प्रवास संगठन संघीय लोकतान्त्रिक सामाजिक मञ्च यूके तथा लिम्बुवान सामाजिक मञ्च यूकेको साधारणसभा सम्पन्न भएको छ ।

शनिबार मञ्चका अध्यक्ष देवी बहादुर तुम्बाहाम्फे र अर्का अध्यक्ष टंक खापुङले संयुक्त रुपमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

साधारणसभामा मञ्चले बार्षिक सांगठानिक प्रतिवेदन तथा अर्थसचिव तिलबिक्रम तावाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनहरुलाई बहुमतले पारित गर्दै मञ्चले उठाएका मुद्दालाई साथ दिदै लिम्बुवान, किरात प्रदेश नामाकरण लगायतका मुद्दाहरुमा ऐकबद्धता व्यक्त गर्दै पार्टीलाई आगामी चुनाव अघि नै सिस्टिममा लानु पर्ने सहभागीहरुले जोड दिएका छन् ।

कार्यक्रममा देवी तुम्बााम्फे, संस्थापक नेता चुढामणी तुम्बाहाम्फे, खड्गजंग आङबुहाङ, जगत सुहाङ, राम इजम, कृष्ण लिङदेन लगायतले आआफ्ना धारणाहरु राखेका थिए ।

कार्यक्रम टंक खापुङको अध्यक्षता, जगत सुहाङको स्वागत मन्तव्यका साथै राम इजम र दिप तुम्बापोले संयुक्त रुपमा संचालन गरेका थिए ।

 

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;