यायोक्खाले ३५औं स्थापना दिवसमा सम्मान सहित विविध कार्यक्रम गरि मनायाे

 लिम्बुवान न्युज
                       


काठमाडौं, २३ साउन । किरात राई यायोक्खा केन्द्रीय समितिले आफ्नो ३५ औं स्थापना दिवसको अवसरमा लेखक, पत्रकार, खेलाडी, संगीतकार लगायत १५ जनालाई सम्मान पुरस्कार र १७ जना बढीलाई नगदसहित छात्रावृति प्रदान गरेको छ ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा ललितपुर मानभबन स्थित कृष्टल व्याङ्वेटमा आइतबार भएको स्थापना दिवसको अवसरमा सम्मान, पुरस्कार र छात्रावृति वितरण गरिएको हो ।
किराया धनकेशर अतम्हरी राई स्मृति पत्रकारिता पुरस्कार कोष २०६४ बाट ३० हजार नगदसिहत गोरखापत्र दैनिकका सहसम्पादक राजेश चाम्लिङ राई सम्मानित भएका छन् ।

उदयपुरका कौलाश चेम्जोङ लिम्बूद्वारा लिखित उदयपुरको इतिहासलाई किराया छत्र विष्णु कृति सम्मान कोष २०६० बाट पुरस्कृत गरिएको छ । किरात इतिहास समेटिएको सो पुस्तक लेखक चेम्जोङलाई नगद २५ हजारसहित पुरस्कृत गरिएको यायोक्खा अध्यक्ष दिवस राईले बताए । चेम्जोङ नेपालको स्थापित पत्रकार हुन् ।
त्यसैगरी भाषा संस्कृतिमा विभिन्न पुस्तक लेखेर योगदान पु¥याए बापत शिवसुन्दर मेवाहाङ राईलाई ३० हजारसहित किराया मदनेश्वरी राई स्मृति पुरस्कार कोष २०५३ बाट पुरस्कार प्रदान गरिएको हो ।
त्यसैगरी पाँचथरका गणेश साम्पाङ राई १० हजारसहित किराया विराजनसुर राई लालमतिम्पा लालमतिम्मा भागेम्मा सायरेम कोष २०७५ बाट सम्मान गरिएको हो । साम्पाङ यायोक्खा पाँचथरको अध्यक्ष र पेशागत हिसावले स्थापित पत्रकार हुन् ।
भाषामा योगदान गर्दै आएकी धनकुटाकी शुखकला राईलाई १५ हजार नगदसहित दुर्गादेवी मोहन सिंह राई भाषिक पत्रकारिता सम्मान कोष २०७० बाट सम्मान गरिएको छ । राई रेडियो नेपालको धनकुटाबाट वान्तावा भाषामा कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
किरात राई समुदायको सांस्कृतिक भिडियो बनाएर योगदान गर्ने उदयपुरका मन्दिर कुमार राईलाई १५ हजारसहित किराया जागिरमान शुभाषि राई सास्कृतिक भिडियो कृति पुरस्कार कोष २०७५ बाट पुरस्कृत गरिएको छ ।
खोटाङ स्थायी घर भएका डाक्टर किराती संगीतकार यायोक्खाको संगीत बिकास कोषबाट १५ हजारसहित सम्मान गरिएको छ ।
त्यसैगरी खेलकुद क्षेत्रमा योगदान गर्दै आएकी पर्साकी सम्झना राईलाई ३० हजार नगदसहित किराया मन कुमारी साम्पाङ दुमी राई स्मृति खेलकुद पुरस्कार कोष २०७९ बाट पुरस्कृत गरिएको छ ।

विभिन्न बिषयमा विद्यावारिधि गर्ने डा.सुमाया कुमारी राई, डा.संजिवकुमार राई, डा. स्यान किरात राई र नेपालको चलचित्र क्षेत्रका नायक दयाहाङ राईलाई ताम्रा पत्रले सम्मान गरेको हो । चोमोलुङ्मा (सगरमाथा) आरोही युवराज राई, टेकबहादुर राई र अबिरल राईलाई पनि ताम्रा पत्रले सम्मान गरेको छ । रबिरल राईले किरात राई विद्यार्थी संघको झण्डा समेत सर्वोच्च शिखर सगरमाथाको शिरमा फहराएका थिए ।
गल्फ खेलमा १३ औं सागमा स्वर्ण पदक बिजेता जुनी राई, शुक्रबहादुर राई, तेक्वान्दोमा स्वर्ण पदक जित्ने शुशिला राईलाई सम्मान गरेको हो । १३ औं सागमा बिभिन्न खेलमा रजत पदक बिजेता २३ जना खेलाडिहरुलाई प्रशंसापत्र प्रदान गरिएको यायोक्खा महासचिव जनक राईले बताए ।
यायोक्खाले बिभिन्न ११ वटा छात्रवृति कोषबाट १७ जनालाई १० देखि २० हजारको नगद छात्रावृति वितरण गरिएको केन्द्रीय उपाध्यक्ष ज्ञानबहादुर राईले बताए ।
स्थापना दिवसलाई शुभकामना दिने क्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले राजधानी काठमाडौंको बिभिन्न स्थान र मठमन्दिरहरुको मिथक किरात काल र किराती समुदायसँग जोडिएको बताए ।
कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पा, किरात राई यायोक्खा पूर्ब केन्द्रीय उपाध्यक्ष दुर्गा राई, आदिबासी जनजाति आयोगको सदस्य शरण राई, सम्मानितहुनेहरुको तर्फबाट कौशल चेम्जोङ राई, नायक दयाहाङ राई लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा किरात राई कलाकार संघका राई नवीन, शुसिला राई, मेनुका, प्रेमकला, मदम, रोसन र निश्चल राईले गीत गाउँनुको साथै ढोल बजाएर मनोरञ्जन दिएका थिए ।
यायोक्खा उपाध्यक्ष जीवन हाताचो राईले स्वागतसहित किरात प्रदेशको बारे बिषय राख्नु भएको कार्यक्रम अध्यक्ष दिवस राईको सभापतित्व र महासचिव जनक राईले सञ्चालन गर्नुभएको थियो ।
यायोक्खाले दुई प्रकारको छात्रावृति प्रदान गर्दै आएको छ । बिभिन्न व्यक्तिहरुले राखेको अक्षयकोषहरुबाट उच्च शिक्षा अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई नगद छात्रावृति र एसईई गरेका विद्यार्थीहरुलाई बिभिन्न निजी विद्यालयहरुसँग समन्वय गरेर अध्ययन शुल्क छुट गर्ने छात्रावृति ।
यायोक्खाको समन्वयमा राजधानी काठमाडौंको प्रसादी एकेडेमी, युनाइटेड एकेडेमी, ग्रामर कलेज लगायतका निजी विद्यालयहरुमा अध्ययन शुल्क छुट गराउदै आएको छ । यो बर्ष ६० भन्दा बढी विद्यार्थीलाई अध्ययन शुल्क छुटको शिफारिस गरिएको यायोक्खा केन्द्रीय सचिव हेमन्त राईले बताए । अध्ययन शुल्क छुटको लागि एसईईमा प्राप्त जीपीए, परिवारको आर्थिक अवस्था, समुदायप्रतिको जानकारी र अभिभाबकको योगदान लगायतको आधारमा शिफारिस गर्दै आएको छ । (रातोकलमबाट)

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;