दमकमा २८औं आदिवासी दिवस भव्य सम्पन्नः सभागृहको नाम शिलान्यासको राख्न पहल थाल्ने प्रतिबद्धता

 लिम्बुवान न्युज
                       


दमक, २४ साउन । २८औं विश्व आदिवासी दिवस दमकमा भव्य रुपले मनाइएको छ । दमक नगरपालिकाको प्राङ्गणदेखि विभिन्न जातीहरुको जातीय झाँकीको ¥याली सहित नगर परिक्रममा गर्दै दमक ८स्थित कस्मिक पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो ।

पूर्व प्रधानमन्त्री केपी अाेलीले बि.सं. २०७३ जेष्ठ २८ गते शिल्यानास गर्नु भएकाे फाल्गुनन्द सभागृहकाे शिला ढुंगा

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख राम थापाले दमकमा निर्माणको अन्तिम चरणमा पुगेको दमक सभागृहको नाम शिलान्यास समयकै फाल्गुनन्द सभागृह नामांकरणको लागी आफुले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
आदिवासी जनजाती महासंघ दमक नगर समन्वय समितिले आज आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि थापाले आफु आदिवासी जनजातीको पहिचान र आस्तित्वलाई स्थापित गर्न लागि पर्ने बताउँनु हुँदै सभागृहको शिलान्यासको समयमा रहेको नाम फाल्गुनन्द सभागृहनै कायम गर्ने गरी नगर कार्यपालिका बैठकमा प्रस्ताव लैजाने तयारी रहेको बताए ।

यसरी नै कार्यक्रमका वक्ताहरुले दमकमा निर्माण गर्ने भनिएको आदिवासी संग्रहालय, कमलको आदिवासी रंगशाला र दमकमा निर्माण सम्पन्न हुन लागेको दमक सभागृहको नाउँमा आदिवासीको पहिचान मेटाउने काम गरेको बताएका छन् । दमक नगरमा रहेका सबै जातीय संघसंस्थाहरुका अगुवा तथा उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा गुनासो गरेपछि नगर प्रमुख थापाले आफुहरु सबैको अभिभावक बन्ने बताउँदै दमक सभागृहको नाउँ फाल्गुनन्द सभागृहनै कायम गराउने प्रतिबद्धता जनाउनु भएको नगर उपप्रमुख रेगीना भट्टराई, आदिवासीनेताहरु नित्यानन्द ताजपुरीया, मोहन धिमाल, धिरेन लावती लगायतको उपस्थिति रहेको थियो ।


आदिवासी जनजाती महासंघ दमक नगर समिति अध्यक्ष गुमानसिंह तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न जातजातीहरुको सांस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।
यस्तै काठमाण्डौंमा भएको बृहत कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातीको शीप र सँस्कृति यूवा पुस्तामा हस्तान्तरण गर्नु पर्ने बताउनु भयो । उहाँले आइएलओ १६९ को अवधारणालाइ सम्मान गर्दै आदिवासी जनजातीको विकासमा आफू सँधै लागि पर्ने समेत बताउनु भएको छ ।
२८ औं विश्व अदिवासी दिवसको अवसरमा आज नेपालका विभिन्न जिल्लाहरूमा भव्यरूपमा कार्यक्रमहरू भएको छन् । संघीयता आएसँगै केही स्थानीय तहरले सार्वजनिक विदा दिएर कार्यक्रम समेत गरेका छन् ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;