पाँचथरका पत्रकार सेर्मा ‘फोनिज पत्रकारिता पुरस्कार २०७९’ बाट पुरस्कृत हुँदै

 लिम्बुवान न्युज
                       


पाँचथर, २५ साउन । पाँचथरका पत्रकार कविन्द्र सेर्मालाई नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) पाँचथर शाखाले स्थापना गरेको ‘फोनिज पत्रकारिता पुरस्कार २०७९’बाट पुरस्कृत हुनेभएका छन् ।
फोजिन पाँचथरको गत मंगलबार बसेको बैठकले जिल्लाकै अग्रज पत्रकार सेर्मालाई ५० हजार राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
हरेक वर्ष आदिवासी जनजाति पत्रकारहरुलाई वितरण गर्नेगरी यसै वर्षबाट ५ लाख रुपैयाँको अक्षय कोषसमेत स्थापना भएको फोनिज जिल्ला शाखा अध्यक्ष रामचन्द्र बम्जनले जानकारी दिए ।
सेर्मालाई प्रदान गर्न लागिएको यो पुरस्कार सम्भवत फोनिजले प्रदान गर्ने देशभरकै सबैभन्दा ठूलो राशि भएको अध्यक्ष बम्जनले दाबी गरेका छन् ।
फोनिजको २३औँ स्थापना दिवसका अवसरमा साउन २७ गते फिदिममा एक कार्यक्रमकाबीच आयोजना गरि कार्यक्रममा उक्त पुरस्कार वितरण गरिनेछ ।
फोनिजका संस्थापक अध्यक्षसमेत रहेका सेर्मा पाँचथर मिडिया प्रा.लि.का अध्यक्ष र न्यूज २४ पाँचथरका संवाददाता पनि हुन् । शेर्माले पाँचथर जिल्लाको संचार क्षेत्रमा अतुलनीय योगदान गरेका छन् । उनी करिब २ दशकदेखि निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।
त्यस्तैगरी फोनिज नवोदित प्रोत्साहन पत्रकारिता पुरस्कार स्थानीय संचारकर्मी सुनिता खजुमलाई प्रदान गरिने अध्यक्ष बम्जनले बताए ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...