मञ्चका दुई नेता पितृ शोकमा

 लिम्बुवान न्युज
                       


दमक, २७ साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दुई नेताहरु पितृ शोकमा परेका छन् । मञ्चका संघीय सह–सचिव तथा लिम्बुवान प्रान्तीय उपमहासचिव लावाहाङ चेम्जोङ् (दिपेन्द्र) र मञ्चका संघीय सचिवालय सदस्य तथा दक्षिण कोरिया प्रवासका अध्यक्ष रुखमान इम्बुङ (रिकम) शोकमा परेका हुन् ।

बि.सं. २०१० सालमा जन्मिएका नेता चेम्जोङ्का पिता अविन्द्र प्रसाद चेम्जोङ्को ६९ बर्षको उमेरमा काठमाडौंस्थित गौतबबुद्ध अस्पतालमा उपचारको क्रममा यहि साउन १५ गते निधन भएको हो । सामाजिक तथा राजनैतिक व्यक्तित्व भएका चेम्जोङ् क्यान्सर रोगबाट ग्रसित थिए । उनी नेपाली कांग्रेसबाट निर्वाचित फाल्गुनन्द वडा नं. ५ का पूर्व वडाध्यक्ष समेत थिए ।

यसैगरी रिकमका पिता बि.सं. २०१२ सालमा पान्थरको नागीमा जन्मिएका पदम ध्वज इम्बुङ्को ६७ बर्षको उमेरमा ललितपुरस्थित पाटन अस्पतालमा निधन भएको थियो । गत साउन २३ गते निधन भएका इम्बुङ्को पार्थिव शरिरलाई आफ्नै जन्मस्थान पान्थर नागीमा अन्त्येष्टी गरिएको थियो ।

सम्बन्धित समाचार

पहिचान आन्दोलनका प्रथम शहीद पदमकुमार लिम्बुको शहादत्ताको चर्चाः समाधिस्थल लगायत विभिन्न स्थानमा स्मृतिसभा सम्पन्न

दमक, १० चैत्र । प्रदेश नं. १ को नामाङकन कोशी राखेसँगै उठेको पहिचानवादी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङ) शहादत्त भएको आज एक बर्ष पुरा भएको छ । शहीद लाजेहाङको साहदतको चर्चा गर्दै शनिबार मोरङको...

महागुरु फल्गुनन्दको समाधिमा शालिक नराख्न संघको अनुरोध

दमक, १० चैत्र । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकास्थित वडा नं. २ र ३ तथा फिदिम नपा वडा नं. ३ को संगम स्थल सिलौटीमा राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको शालिक नराख्न सो क्षेत्र संरक्षण गर्दै आएका किराती...

इलाम २ मा पत्रकार मिलन लिम्बुको स्वतन्त्र उम्मेदारी घोषणा

दमक, ४ चैत्र । नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय महासचिव मिलन लिम्बूले इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौं अनामनगरस्थित युनियन हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले उपनिर्वाचनमा स्वतन्त्र...

इलाम २ मा डकेन्द्रसिंह थेगीम लिम्बु पहिचान पक्षधरहरुको साझा उम्मेदवार घोषणा

ललितपुर, चैत्र ३ । ‘कोशी’ नाम विरुद्व आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले पहिचान पक्षधरहरुको आसन्न इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा साझा उम्मेदवार घोषणा गरेका छन् । संघर्ष समितिले बिहीबार...