मञ्चका दुई नेता पितृ शोकमा

 लिम्बुवान न्युज
                       


दमक, २७ साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दुई नेताहरु पितृ शोकमा परेका छन् । मञ्चका संघीय सह–सचिव तथा लिम्बुवान प्रान्तीय उपमहासचिव लावाहाङ चेम्जोङ् (दिपेन्द्र) र मञ्चका संघीय सचिवालय सदस्य तथा दक्षिण कोरिया प्रवासका अध्यक्ष रुखमान इम्बुङ (रिकम) शोकमा परेका हुन् ।

बि.सं. २०१० सालमा जन्मिएका नेता चेम्जोङ्का पिता अविन्द्र प्रसाद चेम्जोङ्को ६९ बर्षको उमेरमा काठमाडौंस्थित गौतबबुद्ध अस्पतालमा उपचारको क्रममा यहि साउन १५ गते निधन भएको हो । सामाजिक तथा राजनैतिक व्यक्तित्व भएका चेम्जोङ् क्यान्सर रोगबाट ग्रसित थिए । उनी नेपाली कांग्रेसबाट निर्वाचित फाल्गुनन्द वडा नं. ५ का पूर्व वडाध्यक्ष समेत थिए ।

यसैगरी रिकमका पिता बि.सं. २०१२ सालमा पान्थरको नागीमा जन्मिएका पदम ध्वज इम्बुङ्को ६७ बर्षको उमेरमा ललितपुरस्थित पाटन अस्पतालमा निधन भएको थियो । गत साउन २३ गते निधन भएका इम्बुङ्को पार्थिव शरिरलाई आफ्नै जन्मस्थान पान्थर नागीमा अन्त्येष्टी गरिएको थियो ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;