कियाचु अष्ट्रेलिया अध्यक्षमा पुनः शशी सुब्बा निर्वाचित

,   लिम्बुवान न्युज
                       


लिम्बुवानखबर प्रवास, ३० साउन । किरात याक्थुङ चुम्लुङ अस्ट्रेलियाको अध्यक्षमा शशी सुब्बा लिम्बु पुनः निर्वाचित भएकी छन् । अस्ट्रेलियाको सिड्नीमा आयोजित चुम्लुङको नवौँ वार्षिक साधारणसभाबाट सुब्बाको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो ।

समितिको उपाध्यक्ष द्वयमा चित्र तुम्बाहाम्फे र विनोद सेरेङ निर्वाचित छन् भने महासचिवमा मनुराज निङ्लेकु निर्वाचित भएका छन् । यसैगरी सचिव राम सम्बाहाङ्फे, कोषाध्यक्ष सुस्मा सुब्बा, सह–कोषाध्यक्ष धन थेबे रहेका छन् भने सदस्यहरूमा भगत लिम्बू, डिना नेम्बाङ, लोकेन्द्र इङ्नाम, झरेन्द्र लिम्बू, भिमराज लिम्बू, हेमचन्द्र लिम्बू, लक्ष्मि आङ्बुहाङ र सुवाश निङ्लेकु रहेका छन् ।

अस्ट्रेलिया याक्थुङ चुम्लुङको सांस्कृतिक समूहमा सीता चेम्जङ, अनिता फोम्बो,उपेन्द्र चेम्जोङ,आशिष आङ्देम्बे,सबिना लिम्बू,मिक्सेमी सम्बाहाङ्फे,मिना मादेन, भुमी कन्दङ्वा, मुना लिम्बूले जिम्मेवारी पाएका छन् । बन्दशत्र पश्चात् नव निर्वाचित पदाधिकारीलाई गुठी अष्ट्रेलियाका अध्यक्ष उमेश नापित, तामाङ समाजका अध्यक्ष सुन दोर्जे तामाङ, किरात खम्बु राई समाजका उपाध्यक्ष रितेश राई र मगर समाजका प्रतिनिधिले वधाइ तथा शुभकामना दिएका थिए ।

२८ औ विश्व आदिवासी दिवस २०२२ को अवसरमा निन्फाका कार्यक्रममा सहभागी हुन आएका चर्चित गायिका मनु नेम्वाङले विशेष अतिथिको रूपमा बोल्दै आउने दिनमा किरात याक्थुङ चुम्लुङ्ले छिट्टै आफ्नै समुदायिक भवन निर्माणका लागि शुभकामना दिएकी थिइन् । प्रमुख अतिथि, नेपाली आदिवासी जनजाति मन्चका अध्यक्ष अरुण तामाङले वधाई तथा शुभकामना दिँदै अरू नेपाली संघसंस्थाले पनि चुम्लुङबाट समावेशिताको पाठ सिक्नुपर्ने बताए । ‘जब नेपाली संघस्थाको साधारण सभा हुन्छ तब महिलाको सहभागीमा खडेरि देखिन्छ तर किरात याक्थुम चुमलुङमा ५० प्रतिशत भन्दा बढी देखेर आफू अति नै प्रभावित भए अरुण तामाङले भने ।’

सिनियर सिटिजन हल रक्डेलमा सम्पन्न भएको कार्यक्रममा लिम्बु समुदायको बाक्लो उपस्थिति थियो । कार्यक्रममा सहायक कोषाध्यक्ष धन थेवेले आर्थिक विवरण पेस गरेका थिए भने महासचिव मनुराज निङलेखुले सस्थाको प्रतिवेदन सार्वजनिक गरेका थिए । उपाध्यक्ष चित्र बहादुर तुम्बाहाम्फेले निमान्त्रित पाहुनाहरलाई स्वागत गरेका थिए ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;