आयोगमा दल दर्ता गर्ने आज अन्तिम दिन

 लिम्बुवान न्युज
                       

३१ श्रावण, काठमाडौँ / निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समय आज सकिँदै छ । ४ मंसिरमा तोकिएको प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आयोगले दिएको समय आज सकिन लागेको हो ।

सिके राउत नेतृत्वको जनमत पार्टीले १ नम्बरमा राजनीतिक दल दर्ता गरेसँगै आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या ६२ पुगेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

राष्ट्रिय मान्यता प्राप्त दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतले आयोगमा दल दर्ता गरे पनि कांग्रेसले अझैसम्म दर्ता नगरेको आयोगले जनाएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहहरु मध्ये सत्तारुढ दल नेपाली कांग्रेसले आज दल दर्ताका लागि निवेदन दिने तयारी गरेको छ।

यसरी नै पहिचानवादी दलकाे रूपमा स्थापित संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्चले पनि दल दर्ता गरेकाे अध्यक्ष कुमार लिङ्देन मिराकले लिम्बुवान खबरलाइ बताउनु भयाे । मञ्चकाे प्रदेश नं. १ मा एउटा समानुपातिक प्रदेश सदस्य रहेकाे छ । हाल प्रदेश १ काे सरकारमा समेत मञ्च रहेकाे छ ।

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...