लिम्बु कर्मचारी मञ्च गठन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ३१ साउन । याक्थुङ लिम्बू राष्ट्रसेवक कर्मचारीहरुको भेलाबाट याक्थुङ लिम्बू कर्मचारी मञ्च तदर्थ समिति गठन गरिएको छ ।

शुक्रबार ललितपुरको नखिपोटमा अवस्थित चुम्लुङहिममा आयोजित भेलाले टार्जन कुमार लिम्बूको अध्यक्षतामा १७ सदस्यीय याक्थुङ कर्मचारी तदर्थ समिति गठन गरिएको हो ।

तदर्थ समितिको उपाध्यक्षमा ल्युमा सुब्बा, महासचिवमा विशाल नेम्बाङ, सचिवमा बिक्रम सम्बाहाम्फे र कोषाध्यक्षमा सम्झना लिङ्देन चयन भ्उका छन् ।

यसैगरी सदस्यहरुमा सुजन फागो, राम मादेन, प्रविनहाङ योङहाङ, अमृत सम्बाहाम्फे, भुवन कन्दङ्वा, टोपेन्द्र साँवा, फूलमाया मेन्याङ्बो, सुनिता योङहाङ, अस्मिता सुब्बा, प्रकाश योङहाङ, लक्ष्मी सुहाङ, मनु कुमारी लिम्बू रहेका छन् ।

यस्तै राम मादेनको संयोजकत्वमा विधान मस्यौदा समिति समेत गठन गरिएको छ ।

सम्बन्धित समाचार

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

दमकमा असोज ५ देखि ५६ हजार नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका...

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

;