कवि मोती चाम्लिङकाे ‘प्रवास, बुकी र बास्ना’ बजारमा

 लिम्बुवान न्युज
                       


दमक, २ भदौं । पाँचथर, मिक्लाजुङका कवि मोती चाम्लिङको कविता सङ्ग्रह ‘प्रवास, बुकी र बास्ना’ बजारमा आएको छ । बुधबार ललितपुरको झम्सिखेलस्थित पोर्क हब एन्ड मोन्स्क बारमा आयोजित एक कार्यक्रममा कृति सार्वजनिक गरिएको हो ।
कवितासङ्ग्रहलार्ई बरिष्ठ कवि श्रवण मुकारुङ, हाङयुग अज्ञात, अनुपमा रेग्मी, धर्मेन्द्र नेम्वाङ, सुशान्त गुरुङ् लगायतले सार्वजनिक गरका छन् ।
कार्यक्रममा समीक्षक सुशान्त गुरुङले चाम्लिङका कविता सरल, सहज तथा पहिचानमुखर भएको धारणा व्यक्त गरे । ‘विश्वदृष्टिको आधारमा नै कुनै पनि कविले उत्कृष्ट सिर्जना गर्न सक्छ । त्यो विश्वदृष्टि बनाउन सक्नु नै सिर्जनात्मक सामर्थ्य हो’, उनले भने ।
अर्का समीक्षक अनुपमा रेग्मीले भने सङ्ग्रहका कविताले राजनीतिक विसंगतिलाई सरल शब्द÷शैलीमा प्रस्तुत गरेको बताइन् । यसैगरी कवि श्रवण मुकारुङले हरेक युगका कवि र कविताको आफ्नै महत्त्व हुने जोड दिँदै चाम्लिङका कविताले आजको समयलाई सही सम्बोधन गरेको धारणा राखे ।
कवि हाङयुग अज्ञातले कविता कविको जीवनयात्रा र जगतप्रतिको बुझाइ भएकाले कविलाई बुझे कविता पनि बुझ्न सकिने बताए । यसैगरी अर्का कवि धर्मेन्द्र नेम्वाङले भने कविले देखाउने सपनाको आधारमा नै राजनीतिक तथा सामाजिक परिवर्तन भएको स्मरण गरे । ‘नेपाली कविताले पनि समाजवादी चिन्तनमा नयाँ बाटो देखाउनुपर्ने बेला आएको छ । जसरी हिजो युरोपको पुनर्जागरणमा कवि–लेखकको योगदान थियो’, नेम्वाङले भने ।
मिक्लाजुङको सिक्तेम्बा मूलथलो भएका कवि हाल हङकङमा परिवार सहित बसोबास गर्छन् । उनले प्रवास मै रहेर पनि यो पहिलो कवितासङ्ग्रह प्रकाशन गरेका छन् । ३४ थान कविता रहेको सङ्ग्रह ‘इन्डिगो इन्क’ले प्रकाशन गरेको हो भने कृतिको मूल्य २ सय ४९ रुपैयाँ राखिएको छ ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...