माओवादीको २१ पदाधिकारीहरु टुंगो लाग्याे : पदाधिकारीमा महिला एकजना मात्र

 लिम्बुवान न्युज
                       


काठमाडौं, ४ भदौं । नेकपा माओवादी केन्द्रले आठौँ महाधिवेशन भएको ८ महिनापछि पदाधिकारी टुङ्गो लगाएको छ । शनिवार सम्पन्न स्थायी समिति बैठकले पदाधिकारी टुङ्गो लगाएको हो ।

आफूलाई सबैभन्दा समावेशी पार्टीको रूपमा दाबी गर्दै आएको माओवादीले समानुपातिक समावेशी प्रतिनिधित्व सहितको पार्टीको रूपमा स्थापित भनिएपनि पदाधिकारीमा भने असमावेशी बनेको छ ।

माओवादीले बनाएको २१ सदस्यीय पदाधिकारीमा १ जना मात्र महिला नेतृले स्थान पाएका छन् । महिला नेत्री पम्फा भूसालले उपमहासचिवको जिम्मेवारी पाएकी छन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, उपाध्यक्ष कृष्णबहादुर महरा रहेका छन् भने देव गुरुङ महासचिव बनेका छन् ।

त्यसैगरी वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरीराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेलले उपमहासचिवको जिम्मेवारी पाए ।

दीनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीले सचिवको जिम्मेवारी पाउँदा श्रीराम ढकालले कोषाध्यक्षको जिम्मेवारी पाए ।

माओवादीले पम्फा भुसाललाई उपमहासचिव बनाएर नेतृत्व तहमा महिलाको प्रतिनिधित्व गराउने प्रयास गरे पनि पदाधिकारीमा दलित समूदायका एक जना पनि परेनन् ।

माओवादीमा महिला र दलित समुदायको नेतृत्व नभएका होइनन् । तर, पदाधिकारी चयन गर्दा माओवादीले महिला र दलितको प्रतिनिधित्वको सवालमा कन्जुस्याइँ गरेर वर्तमान व्यवस्थाकै उपहास गरेको आलोचना हुन थालेको छ । (दृष्टि अनलाइनबाट)

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...