पालाम ‘मारोती फुङ्’को भिडियो छायांकन सम्पन्न

,   लिम्बुवान न्युज
                       


काठमाडौं, ५ भदौं । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को भिडियो छायांकन सम्पन्न भएको छ । शनिबार काठमाडौमा सम्पन्न भिडियोको निर्देशन नरेश वनेम फागोले गरेका हुन ।

सागर केरुङको शब्द र नरेश वनेम फागोको लय संकलन रहेको पालाममा निरन्ता नेम्बाङ र नरेश वनेम फागोले स्वर दिएका छन् । कृष्ण थलङले छायांकन गरेका हुन् भने झरना लिम्बुको शृङ्गार र मोनि ताम्लिङको एरेन्ज रहेको छ । पालामलाई शुक्रराज चेम्जोङ र झनुहाङ पाङ्बो लिबाङ्ले निर्माण गरेका हुन् । याक्थुङ फिल्मस् युटुब च्यानलमा बाट उक्त भिडियो सार्वजनिक गरिने बताइएको छ ।

भिडियोमा लक्ष्मी योङ्हाङ, डिआर हाङ्सरुम्बा, निरन्ता नेम्बाङ, जेपि नेम्बाङ, तिया कन्दङ्वा, नितुरानी नेम्बाङ, गोमा लिम्बू, यादन सेर्मा, सम्भु फोम्बो र नरेश वनेमले अभिनय गरेका छन् ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;