पालाम ‘मारोती फुङ्’को भिडियो छायांकन सम्पन्न

 लिम्बुवान न्युज
                       


काठमाडौं, ५ भदौं । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को भिडियो छायांकन सम्पन्न भएको छ । शनिबार काठमाडौमा सम्पन्न भिडियोको निर्देशन नरेश वनेम फागोले गरेका हुन ।

सागर केरुङको शब्द र नरेश वनेम फागोको लय संकलन रहेको पालाममा निरन्ता नेम्बाङ र नरेश वनेम फागोले स्वर दिएका छन् । कृष्ण थलङले छायांकन गरेका हुन् भने झरना लिम्बुको शृङ्गार र मोनि ताम्लिङको एरेन्ज रहेको छ । पालामलाई शुक्रराज चेम्जोङ र झनुहाङ पाङ्बो लिबाङ्ले निर्माण गरेका हुन् । याक्थुङ फिल्मस् युटुब च्यानलमा बाट उक्त भिडियो सार्वजनिक गरिने बताइएको छ ।

भिडियोमा लक्ष्मी योङ्हाङ, डिआर हाङ्सरुम्बा, निरन्ता नेम्बाङ, जेपि नेम्बाङ, तिया कन्दङ्वा, नितुरानी नेम्बाङ, गोमा लिम्बू, यादन सेर्मा, सम्भु फोम्बो र नरेश वनेमले अभिनय गरेका छन् ।

सम्बन्धित समाचार

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...