संघीय मञ्च निर्वाचनमा होमियोः प्रदेश १ निर्वाचन परिचालन संयोजकमा महासचिव चेम्जोङ

 लिम्बुवान न्युज
                       

दमक, ६ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनेभएको छ । मञ्चले निर्वाचन आयोगमा पार्टी दर्ता गर्दै चुनावमा जाने निर्णय गरेको हो ।

मञ्चले गत शुक्रबार र शनिबार धरानमा प्रदेश नं. १ का सबै नेतृत्व, प्रदेश नं. १ समन्वय समिति, लिम्बुवान, खम्बुवान÷किरात, शेर्पालुङ र दलित मुक्ति मञ्चको संयुक्त बैठक बसेर विभिन्न समितिहरु समेत गठन गरेको छ । प्रदेश १ को कमाण्ड गर्नेगरी निर्वाचन परिचालन समितिको संयोजकमा मञ्चका संघीय महासचिव अशोक चेम्जोङलाई जिम्मेवारी दिइएको छ ।

बैठकले निर्णय गरेको उम्मेद्वार छनौट, गठबन्धन समन्वय, अनुशासन तथा अनुगमन र दलहरुसँग वार्ता गर्ने समितिको संयोजकमा मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, उपाध्यक्षहरु ज्ञानुहाङ इम्बुङ, एबी पन्धाक, महासचिव अशोक चेम्जोङ, उपमहासचिव यलम्बर खम्बु, सहसचिव रमेश गजमेर र लिम्बुवानका उपाध्यक्ष विष्णुमाया थापालाई दिईएको छ ।

यसरी नै मञ्चले प्रदेश १ निर्वाचन परिचालन समितिको संयोजक अशोक चेम्जोङ, सदस्यहरुमा थाङसाङ लावती, इन्दीरा मेन्याङ्बो, भविराज तुम्सा, विक्रम बराईली, लावाहाङ चेम्जोङ्, निमा शेर्पा, चन्द्रसिं नेम्बाङ्, पदम तामाङ्, लक्ष्मी मावो, गजेन्द्रमान चोङबाङ क्याक र रामचन्द्र थापा मगरलाई जिम्मेवारी दिएको छ । आर्थिक समितिमा भने एबी पन्धाक, भानु भट्टराई र दिलु लिङदेनलाई राखिएको छ ।

यस्तै प्रचारप्रसार उपसमितिको संयोजकमा लिम्बुवान महासचिव दिलकुमार लावतीलाई जिम्मेवारी तोकिएको छ भने सदस्यहरुमा सागर केरुङ्, सेसेहाङ् चोङबाङ्, साजन ताम्ली, पदम चेन्जी मावा, राजु राई, सुनिता केरुङ्, बलराम सदा, कल्पना कालिकोटेलाई जिम्मेवारी तोकिएको छ ।

मञ्चले प्रदेश नं. १ विरासत जोगाउन १४ वटा जिल्लाको २८ प्रतिनिधिसभा र ५६ वटै प्रदेश निर्वाचन क्षेत्रमा उम्मेद्वारी दिने जनाएको छ । प्रदेश १ मा थ्रेस होल्ड कटाउने गरीको तयारी, गठबन्धन, मोर्चा, तालमेल लगायत विविध विषयमा घनीभूत छलफल भएको बैठकले जिल्लाजिल्लामा परिचालन समितिहरु, क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा समेत समितिहरु गठन गरी चुनावमा सहभागी हुने जनाएको छ ।

 

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;