नेफिन झापाको अध्यक्षमा पाण्डपलाल चौधरीले उम्मेद्वारी दिने

 लिम्बुवान न्युज
                       


झापा, ७ भदौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) झापाको सातौ अधिवेशनमा अध्यक्ष पदमा उपाध्यक्ष पाण्डपलाल चौधरीले उम्मेद्वारी दिने भएका छन् ।
चौधरी यसअघि थारु कल्याणकारी सभाबाट नेफिनमा प्रवेश गरेका हुन् । झापा अर्जुनधारा–६ निवासी चौधरी उपाध्यक्ष पदमा रहेर विभिन्न क्षेत्रमा आदिवासीका मुद्दाहरु उठाउँदै आएका छन् ।
पहिचानवादी मुद्दामा अग्रसर देखिने चौधरी पहिचानलाई स्थापित गराउन र झापाका आदिवासी जनजातिको हक हितका लागि स्थानीय सरकारसँग जोडाउन आफ्नो उम्मेद्वारी रहने जानकारी दिए ।
यलम्वर टाइम्सको एक भेटमा चौधरीले आफू अधिवेशनबाट सर्वसम्मत अध्यक्ष पदमा आए पाँच वटा उद्देश्य पूरा गर्नेमा प्रतिवद्ध रहेको बताए ।
उनले अगाडि भने, ‘पहिलो कुरा जिल्लाभरिका आदिवासी जनजातिलाई एकताबद्ध गराउने, सबै धर्म भाषा, संस्कृतिको जर्गेना गर्न स्थानीय सरकारसँग समन्वय गर्ने, पहिचानको आधारमा प्रदेशको नामाकरण गर्न पहल गर्ने, उत्पीडित आदिवासी जनजातिका गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यको व्यवस्थापनमा स्थानीय सरकारसँग जोडदार माग गर्ने र आदिवासी भवनको व्यवस्थापन गर्दै आरक्षणमा छुटेकाहरुलाई सेवा पुर्याउने लक्ष्य रहेको छ ।’
अध्यक्ष पद सुनिश्चित हुन सक्छ त ? भन्ने प्रश्नमा सबै आदिवासी जनजाति जातीय संघसंस्थासँग एक चरण छलफल भएको छ । सबैको साथ रहने विश्वास बढेको हुँदा नेतृत्वमा मेरो पक्षमा रहने आशा राखेको छु, उनले भने ।
भदौ ११ गते झापाको बिर्तामोडमा हुने अधिवेशनमा सबै जातीय संघसंस्थाका प्रतिनिधिहरुलाई सहभागिताका लागि आव्हान समेत गरेका छन् ।

 

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;