संघर्ष समिति र कियाचु ताप्लेजुङले ‘मुकुम्लुङ पर्यटन महोत्सव’ नाम रुपान्तरण गर्न माग

,   लिम्बुवान न्युज
                       


ताप्लेजुङ, मुकुम्लुङ संघर्ष समिति र किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले आउँदो असोज ११ गते देखि हुने पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवलाई ‘मुकुम्लुङ पर्यटन महोत्सव’भनेर रुपान्तरण नगरे बन्द हड्ताल लगायतका संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ ।
मुकुम्लुङ संघर्ष समिति र याक्थुङ चुम्लुङले लामो समय देखि पाथीभरालाई मुकुम्लुङ नामाकरण गर्नुपर्ने सहितका माग राख्दै आएका छन् । संघर्ष समिति र याक्थुङ चुम्लुङ दुबैले बुधवार फुङलिङमा पत्रकार सम्मेलनमार्फत चारबुँदे माग अघि सार्दै ति पूरा नभए बन्द हड्ताल लगायतका संघर्षका कार्यक्रम अघि बढाउने घोषणा गरेका छन् । विज्ञप्तिमा संघर्षका समितिकातर्फबाट सहसंयोजक नवीन फुरुम्बो र चुम्लुङकातर्फबाट अध्यक्ष ईन्दिरा मेन्याङ्वोको हस्ताक्षर रहेको छ ।
पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवलाई ‘मुकुम्लुङ पर्यटन महोत्सव नामाकरण गर्नुपर्ने, औपचारिक पत्र तथा कागजातहरु र होर्डिङ बोर्ड तथा स्वागतद्धारहरुमा मुकुम्लुङ पर्यटन महोत्सव लेखिनुपर्ने र महोत्सवका सबै प्रकृतिका कार्यक्रममा मुकुम्लुङ पर्यटन महोत्सव उधृत गर्नुपर्ने माग गरिएको छ ।
आफुहरुले सम्वन्धित पक्षहरुलाई यसबारे पूर्ववतःजानकारी गराएपनि माग सुनुवाईमा चासो नदिएको भन्दै संघर्ष समिति र किराँत याक्थुङ चुम्लुङले असोज ९ गते देखि १२ गते सम्म चारदिन ताप्लेजुङमा यातायात र बजार बन्द गर्ने घोषणा गरेको छ । माग सुनुवाई भए आन्दोलनका संघर्षका कार्यक्रमबाट पछि हट्ने समेत उसले भनेको छ । ताप्लेजुङमा आउँदो असोज ११ देखि १३ गते सम्म तीनदिन पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव हुन लागेको छ ।
पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति,पाथीभरा क्षेत्र विकास समिति र यहाँस्थित नेपाली सेनाको भीमकाली गुल्मको संयुक्त आयोजना र हिमालयन् गाईड्स टे«क्स एण्ड एक्सपीडिसन प्रालि काठमाडौंको मुख्य प्रायोजनमा म्याराथन तथा महोत्सव हुन लागेको हो । २०६५ साल देखि सुरु भई २०७६ सम्म लगातार भएको महोत्सव कोरोना संक्रमणका कारण २०७६ साल पछि भने स्थगित भएको थियो । साविकमा महाशिवरात्री तथा सेना दिवसको अवसरमा हुने महोत्सव यसपटक अघिल्ला बर्षहरुभन्दा केहि समय अघि बडादशैंको बेलामा हुन लागेको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;