संघर्ष समिति र कियाचु ताप्लेजुङले ‘मुकुम्लुङ पर्यटन महोत्सव’ नाम रुपान्तरण गर्न माग

 लिम्बुवान न्युज
                       


ताप्लेजुङ, मुकुम्लुङ संघर्ष समिति र किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले आउँदो असोज ११ गते देखि हुने पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवलाई ‘मुकुम्लुङ पर्यटन महोत्सव’भनेर रुपान्तरण नगरे बन्द हड्ताल लगायतका संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ ।
मुकुम्लुङ संघर्ष समिति र याक्थुङ चुम्लुङले लामो समय देखि पाथीभरालाई मुकुम्लुङ नामाकरण गर्नुपर्ने सहितका माग राख्दै आएका छन् । संघर्ष समिति र याक्थुङ चुम्लुङ दुबैले बुधवार फुङलिङमा पत्रकार सम्मेलनमार्फत चारबुँदे माग अघि सार्दै ति पूरा नभए बन्द हड्ताल लगायतका संघर्षका कार्यक्रम अघि बढाउने घोषणा गरेका छन् । विज्ञप्तिमा संघर्षका समितिकातर्फबाट सहसंयोजक नवीन फुरुम्बो र चुम्लुङकातर्फबाट अध्यक्ष ईन्दिरा मेन्याङ्वोको हस्ताक्षर रहेको छ ।
पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवलाई ‘मुकुम्लुङ पर्यटन महोत्सव नामाकरण गर्नुपर्ने, औपचारिक पत्र तथा कागजातहरु र होर्डिङ बोर्ड तथा स्वागतद्धारहरुमा मुकुम्लुङ पर्यटन महोत्सव लेखिनुपर्ने र महोत्सवका सबै प्रकृतिका कार्यक्रममा मुकुम्लुङ पर्यटन महोत्सव उधृत गर्नुपर्ने माग गरिएको छ ।
आफुहरुले सम्वन्धित पक्षहरुलाई यसबारे पूर्ववतःजानकारी गराएपनि माग सुनुवाईमा चासो नदिएको भन्दै संघर्ष समिति र किराँत याक्थुङ चुम्लुङले असोज ९ गते देखि १२ गते सम्म चारदिन ताप्लेजुङमा यातायात र बजार बन्द गर्ने घोषणा गरेको छ । माग सुनुवाई भए आन्दोलनका संघर्षका कार्यक्रमबाट पछि हट्ने समेत उसले भनेको छ । ताप्लेजुङमा आउँदो असोज ११ देखि १३ गते सम्म तीनदिन पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव हुन लागेको छ ।
पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति,पाथीभरा क्षेत्र विकास समिति र यहाँस्थित नेपाली सेनाको भीमकाली गुल्मको संयुक्त आयोजना र हिमालयन् गाईड्स टे«क्स एण्ड एक्सपीडिसन प्रालि काठमाडौंको मुख्य प्रायोजनमा म्याराथन तथा महोत्सव हुन लागेको हो । २०६५ साल देखि सुरु भई २०७६ सम्म लगातार भएको महोत्सव कोरोना संक्रमणका कारण २०७६ साल पछि भने स्थगित भएको थियो । साविकमा महाशिवरात्री तथा सेना दिवसको अवसरमा हुने महोत्सव यसपटक अघिल्ला बर्षहरुभन्दा केहि समय अघि बडादशैंको बेलामा हुन लागेको छ ।

सम्बन्धित समाचार

झापामा पहिचानको लागि युवा गठनः सामी पालुङवाको संयोजकत्वमा १५०१ युवा घोषणा

दमक, ३० भदौं । प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति झापाले पहिचानको आन्दोलन सशक्त बनाउन झापामा “पहिचानको लागि युवा” दस्ता घोषणा गरेको छ । शनिबार बिर्तामोडस्थित सिटि सेन्टरको सभाहलमा झापा जिल्लाका पहिचानवादी युवाहरुको...

समाजवादी मोर्चालाई प्रदेशको नाम कोशी लेख्न सकस

विराटनगर, २५ भदौ । सोमबार विराटनगरमा प्रदेश स्तरीय सभा आयोजना गर्दा समाजवादी मोर्चाले ब्यानरमा प्रदेशको नाम लेख्न सकेन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मोर्चामा आवद्ध दलका शीर्ष नेताले सम्बोधन गरेको उक्त सभाको ब्यानरमा ‘प्रदेश स्तरीय...

दमकका स्रष्टा हेम अधिकारीका तीनवटा कृति एकैसाथ विमोचन

झापा, दमक । साहित्यकार हेम अधिकारीका तीन कृति क्रियाको रुप विश्लेषण आधुनिक भाषा विज्ञान, जीवनका गौंडा गल्छेँडाहरु र “उत्तरी ध्रुवतिर टहलिँदा “नियात्रा सङ्ग्रह साहित्य कला संगम दमकको आयोजनामा मेची सहकारीको सभाहलमा बिमोचन कार्यक्रम सम्पन्न भयो...

चुम्लुङले कोशी खारेजीको माग राख्दै र्यालीसहित ३५औं स्थापना दिवस मनायो

काठमाडौं, १७ भदौं । ललितपुरमा प्रदेश नं. १ को नाम कोशी खारेज गर्न मागसहित विरोध प्रदर्शन भएको छ । आइतबार दिउँसो किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसको अवसरमा ललितपुरको जावलाखेलदेखि ढोलाहिटीस्थित चुम्लुङ् हिमसम्म प्रदर्शन...