साहित्यकार आङ्देम्बेलाई युवा सहित्य प्रोत्साहन पुरस्कारबाट सम्मानित हुँदै

 लिम्बुवान न्युज
                       


दमक, ११ भदौं । दमकमा रहेर लामो समय विभिन्न विधाको साहित्यमा कलम चलाएका साहित्यकार एवम् चलचित्र निर्देशक प्रकाश आङ्देम्बेलाई साहित्य परिषद् भुटानले युवा साहित्य प्रोत्साहन पुरस्कार प्रदान गर्ने भएको छ ।
५० हजार १ रूपैयाँ राशीको सो पुरस्कार साहित्यकार आङ्देम्बेलाई प्रदान गरिने भएको परिषद्ले जनाएको छ । परिषद्ले आङ्देम्बेलाई पुरस्कार ग्रहणका लागि परिषद् अध्यक्ष गंगा लामिटारे र सचिव खेम रिजालले संयुक्त हस्ताक्षर गरी प्रेषित पत्रमा उल्लेख गरिएको छ ।
दमकमा रहेर ‘भूटानी शरणार्थी शिविरको एउटा घोर निराशाजन्य अवस्थामा थुप्रै युवायुवतीहरुलाई साहित्यको, सिर्जनाको नयाँ संसारतिर डोर्याउन अभिप्रेरित गरेको र शरणार्थीहरुलाई स्थानीयहरुले अनेक बहानामा लाञ्छना लगाउने अनि अपमानपूर्ण र तिरस्कृत दृष्टिले हेरेको समयमा सिर्जनाका माध्यमबाट भुटानी समाजलाई नेपाली समाजसँग जोड्ने काम गरेको भन्दै परिषद्ले साहित्यका आङ्देम्बेलाई परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय गरेको’ भनी उल्लेख गरेको छ ।’
आङ्देम्बेले पुरस्कार बारे आफ्नो फेसबुकबाट जानकारी दिँदै भनेका छन् –‘नेपालीभाषी भूटानीहरुको सबै भन्दा अभिभावक संस्थाले निस्वार्थ सम्झेकोमा ‘पुरस्कार’ नभइ ‘प्रेम’ सम्झेर ग्रहण गर्ने जमर्को गरेको छु ।’
आङदेम्बेका हिजोआज गजल संग्रह, ग्यास च्याम्बरमा बुद्ध रुबाइ संग्रह, वेश्यासँग बिताएको साँझ कथा संग्रह, सृष्टि प्रलयको संघारमा नाटक, प्रकाश आङ्देम्बेका रूबाइयात, म एउटा बिहान हिँडिरहेछु कविता संग्रह प्रकाशित छन् । त्यस्तै उनी भुटानी शरणार्थी बारे निर्माण गरिएको चलचित्र “देश खोज्दै जाँदा”को लेखक÷निर्देशक पनि हुन् । आङ्देम्बेको नयाँ नाट्य कृति लेप्मुहाङ डेनमार्कमा आउँदो सेप्टेम्बर ३ मा विमोचन हुँदैछ ।
भुटानी शरणार्थी युवा पुस्तामाझ सिर्जनात्मक योगदानका लागि आङ्देम्बेको प्रख्यात स्रष्टा हुन् । उनलाई भुटानी स्रष्टा र नेपाली स्रष्टाबीच सम्बन्ध स्थापित गर्नेमध्येका प्रमुख पात्र मानिन्छ ।
परिषद्ले भदौ २३ गते (सेप्टेम्बर ८, २०२२) का दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सम्मान तथा कृति समीक्षा कार्यक्रमका बीच पुरस्कार प्रदान गर्ने समाचार स्रोतको भनाइ छ ।
सन् १९९३ मा झापाको बेलडाँगीस्थित शरणार्थी शिविरमा भाषा परिषद् भुटानको स्थापना भएको थियो । यस संस्थाले नेपाली भाषा साहित्यको विकास र प्रवद्र्धनमा काम गर्दै आएको छ । साथै परिषद्ले लेखन, प्रकाशन र शिषा प्रदान गर्दै भुटानी समाजको शैक्षिक उन्नयन र साहित्यिक विकासका लागि क्रियाशीलहरुलाई पुरस्कृत गर्दै आएको जनाएको छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...