साहित्यकार आङ्देम्बेलाई युवा सहित्य प्रोत्साहन पुरस्कारबाट सम्मानित हुँदै

 लिम्बुवान न्युज
                       


दमक, ११ भदौं । दमकमा रहेर लामो समय विभिन्न विधाको साहित्यमा कलम चलाएका साहित्यकार एवम् चलचित्र निर्देशक प्रकाश आङ्देम्बेलाई साहित्य परिषद् भुटानले युवा साहित्य प्रोत्साहन पुरस्कार प्रदान गर्ने भएको छ ।
५० हजार १ रूपैयाँ राशीको सो पुरस्कार साहित्यकार आङ्देम्बेलाई प्रदान गरिने भएको परिषद्ले जनाएको छ । परिषद्ले आङ्देम्बेलाई पुरस्कार ग्रहणका लागि परिषद् अध्यक्ष गंगा लामिटारे र सचिव खेम रिजालले संयुक्त हस्ताक्षर गरी प्रेषित पत्रमा उल्लेख गरिएको छ ।
दमकमा रहेर ‘भूटानी शरणार्थी शिविरको एउटा घोर निराशाजन्य अवस्थामा थुप्रै युवायुवतीहरुलाई साहित्यको, सिर्जनाको नयाँ संसारतिर डोर्याउन अभिप्रेरित गरेको र शरणार्थीहरुलाई स्थानीयहरुले अनेक बहानामा लाञ्छना लगाउने अनि अपमानपूर्ण र तिरस्कृत दृष्टिले हेरेको समयमा सिर्जनाका माध्यमबाट भुटानी समाजलाई नेपाली समाजसँग जोड्ने काम गरेको भन्दै परिषद्ले साहित्यका आङ्देम्बेलाई परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय गरेको’ भनी उल्लेख गरेको छ ।’
आङ्देम्बेले पुरस्कार बारे आफ्नो फेसबुकबाट जानकारी दिँदै भनेका छन् –‘नेपालीभाषी भूटानीहरुको सबै भन्दा अभिभावक संस्थाले निस्वार्थ सम्झेकोमा ‘पुरस्कार’ नभइ ‘प्रेम’ सम्झेर ग्रहण गर्ने जमर्को गरेको छु ।’
आङदेम्बेका हिजोआज गजल संग्रह, ग्यास च्याम्बरमा बुद्ध रुबाइ संग्रह, वेश्यासँग बिताएको साँझ कथा संग्रह, सृष्टि प्रलयको संघारमा नाटक, प्रकाश आङ्देम्बेका रूबाइयात, म एउटा बिहान हिँडिरहेछु कविता संग्रह प्रकाशित छन् । त्यस्तै उनी भुटानी शरणार्थी बारे निर्माण गरिएको चलचित्र “देश खोज्दै जाँदा”को लेखक÷निर्देशक पनि हुन् । आङ्देम्बेको नयाँ नाट्य कृति लेप्मुहाङ डेनमार्कमा आउँदो सेप्टेम्बर ३ मा विमोचन हुँदैछ ।
भुटानी शरणार्थी युवा पुस्तामाझ सिर्जनात्मक योगदानका लागि आङ्देम्बेको प्रख्यात स्रष्टा हुन् । उनलाई भुटानी स्रष्टा र नेपाली स्रष्टाबीच सम्बन्ध स्थापित गर्नेमध्येका प्रमुख पात्र मानिन्छ ।
परिषद्ले भदौ २३ गते (सेप्टेम्बर ८, २०२२) का दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सम्मान तथा कृति समीक्षा कार्यक्रमका बीच पुरस्कार प्रदान गर्ने समाचार स्रोतको भनाइ छ ।
सन् १९९३ मा झापाको बेलडाँगीस्थित शरणार्थी शिविरमा भाषा परिषद् भुटानको स्थापना भएको थियो । यस संस्थाले नेपाली भाषा साहित्यको विकास र प्रवद्र्धनमा काम गर्दै आएको छ । साथै परिषद्ले लेखन, प्रकाशन र शिषा प्रदान गर्दै भुटानी समाजको शैक्षिक उन्नयन र साहित्यिक विकासका लागि क्रियाशीलहरुलाई पुरस्कृत गर्दै आएको जनाएको छ ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...