समानुपातिक सांसदलाई आगामी निर्वाचनमा समानुपातिकमा अवसर नदिने ठूला दुई दलको निर्णय

 लिम्बुवान न्युज
                       


काठमाडौं, १३ भदौं । दुई ठूला दल नेपाली कांग्रेस तथा नेकपा एमालेले हाल समानुपातिक तर्फबाट सांसद रहेकालाई आगामी निर्वाचनमा समानुपातिकमै अवसर नदिने निर्णय गरिसकेको छ ।
आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हाल समानुपातिक सांसद रहेकाहरुलाई सोही पदमा नदोहो¥याउने स्पष्ट पार्दै सो पदहरुमा नयाँ उम्मेद्वारहरुलाई अवसर दिने प्रमुख दुई दलले तयारी थालेका छन् । यद्यपी पुराना समानुपातिक सांसदहरुलाई प्रत्यक्ष तर्फ चुनाव लड्न भने बाटो खुल्ला गरेको जनाएको छ ।

२०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा एमालेले समानुपातिकतर्फ ४१ सिट जितेको थियो । पार्टी विभाजनपछि एमालेमा रहेका समानुपातिक तर्फका ९ जना सांसद बाहिरिएका थिए । अहिले एमालेसँग ३२ जना समानुपातिक तर्फका सांसद छन् ।
एमालेका ३२ समानुपातिक सांसदमा मुकुन्द न्यौपाने, डा. विजय सुब्बा, मोहन बानियाँ, मोतीलाल दुगड, पूर्व मन्त्री थममाया थापा, पूर्व उपसभामुख एवं पूर्व मन्त्री डा.शिवमाया तुम्वाहाङफे, सुजिता शाक्य, बिना श्रेष्ठ, कुमारी तुल्सी थापा, नविना लामा, शान्तिमाया तामाङ, कुमारी मेचे, राधा कुमारी ज्ञवाली, बिन्दा पाण्डे, गोमा देवकोटा, निरुदेवी पाल, मनकुमारी जिसी, मायादेवी न्यौपाने, विष्णु शर्मा, मैनाकुमारी भण्डारी, तीर्था गौतम, शान्ता चौधरी, गंगा चौधरी सत्गौवा, विमला विश्वकर्मा, विमला विक, आशाकुमारी विक, जुलीकुमारी महतो, रेखाकुमारी झा, सरिताकुमारी गिरी, कालिला खान छन् । यि सांसदहरुले अब समानुपातिकतर्फबाट सांसद बन्न नपाउने नेकपा एमालेले जनाएको छ । बनाउने परेमा सचिवालयले निर्णय गर्ने एमालेका एक नेताले बताए ।

एमालेबाट समानुपातिकतर्फ जितेका रामकुमारी झाँक्री, बिनादेवी बुढाथोकी, कल्याणीकुमारी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पार्वतीकुमारी विसुंखे, पुष्पा कुमारी कर्ण, सरलाकुमारी यादव, समिना हुसेन पार्टी विभाजनपछि एकीकृत समाजवादीमा छन् ।

नेपाली कांग्रेसबाट अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ बसेका गृहमन्त्री बालकृष्ण खाणले अब फेरि समानुपातिकतर्फ बस्न पाउँदैन् । उनले प्रत्यक्ष निर्वाचन लड्नुपर्ने हुन्छ । यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी, मोहन पाण्डे, सुजाता कोइराला, पुष्पा भुसाल, डा.डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी दीपशिखा शर्मा पुनः समानुपातिकमा रहन पाउने छैनन् । यस्तै बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा, दिव्यमणि राजभण्डारी, ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हिरा गुरुङ र मीना सुब्बा पनि समानुपातिकमा दोहोरिन पाउने छैनन् । यस्तै हाल समानुपातिक तर्फको सांसद रहेका अर्बपति विनोद चौधरी, स्मृतिनारायण चौधरी, नगेन्द्रकुमार राय, सीतादेवी यादव, चित्रलेखा यादव, मीनाक्षी झा, मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, प्रकाश रसाइली पनि बाहिरिने छन् ।
यस्तै सुजाता परियार, लक्ष्मी परियार, विमला नेपाली, पद्मनारायण चौधरी, पार्वता डिसी चौधरी, नमिताकुमारी चौधरी, अतहर कमाल मुसलमान र सर्वतआरा खानम पनि अब समानुपातिकमा बस्न नपाउने भएका छन् । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसबाट ४० जना समानुपातिक उम्मेद्वार बनेका थिए ।

अघिल्लो चुनावमा समानुपातिकतर्फ तेस्रो दल नेकपा माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले ६/६ सिट पाएका थिए ।

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...