दमकमा १२ दुर्वाशा मञ्चन गर्दै कदम

 लिम्बुवान न्युज
                       

विश्व प्रख्यात नाटक १२ एङ्ग्री मेन को नेपाली रूपान्तरण १२ दुर्वाशा को मञ्चन झापाको दमक ९ स्थित कदम थिएटरले गरिरहेको छ ।

भदौ १० गतेदेखि नाटक ‘१२ दुर्वासा’ हरेक दिन साँझा ५ बजे शो मा मञ्चन भइरहेको कदम थिएटरकी उपाध्यक्ष पासाङ चोमु शेर्पाले जानकारी दिइन् । शेर्पाका अनुसार शुक्रबार र शनिबार दिउँसो १ बजे समेत अतिरिक्त शो हुँदै आएको छ ।

रेग्नाल्ड रोजको मूलकथा र कदम थिएटर दमकको पस्तुति रहेको नाटकको निर्देशन सिजन दाहालले गरेका हुन् भने रूपान्तरण सुरेश सापकोटाले नेपाली रूपान्तरण गरेका हुन् । नाटक भदौ २६ गतेसम्म मञ्चन हुने छ ।

विश्व प्रसिद्ध अमेरिकी नाटक तथा टिभी सिरिज ‘टुवेल्भ एङ्ग्री मेन’ संसारका धेरैवटा देशहरुमा मञ्च भएको र २०७३ सालमा नेपालमा पनि मण्डला थिएटरले २१ दिन सम्म मञ्चन गरेको निर्देशक दाहालको भनाइ छ ।

यदि अदालतलाई कुनै निर्णय गर्न गाह्रो भएमा वा विशेष कारण वश कुनै मुद्दामा गम्भीर शंका देखेमा फरक पेशाका १२ जना आम नागरिकलाई त्यस मुद्दामा छलफल गर्न लगाएर निर्णय गर्न लगाइने अभ्यास भएका छन्, केहि देशहरुमा । १२ दुर्वासा यहि पृष्ठभूमिको नाटक हो ।

एक जना किशोरले आफ्नै बाबुको हत्या गरेको अभियोग बारे निचोडमा पुग्न अदालतले १२ वना विभिन्न पेशामा आबद्ध मानिसहरुलाई जिम्मेवारी दिएको छ ।

उनीहरु एउटा बन्द कोठाभित्र बसेर के निर्णय दिने भन्ने बारेमा वहस गरिरहेका छन् ।

अभियुक्त किशोर निर्दोष हो वा दोषी हो ? भन्ने बारेमा १२ जनाले नै सर्वसम्मत निर्णय गर्नु परेकाले १२ जनाबीच विचार मन्थनका क्रममा सिर्जित संघर्षको कथा हो, १२ दुर्वासा ।

नेपालका स्थापित सिने कलाकार हेमन्त बुढाथोकीदेखि दुई पटक दमक नगरपालिकाको प्रमुख बनिसकेका रोमनाथ ओलीले नाटकमा अभियन गरेका छन् ।

दुर्वासाको सेटमा अनुभवी र लामो समयदेखि कलाकारितामा खारिएका कलाकारहरु जीवन बराल, मौषम राना, तिब्बत राई, सुवास खरेल, बलु राई, सुवास खरेलको अभियन देख्न पाइन्छ ।

आस्था कलेज दमकका लेक्चरर राजेन्द्र अधिकारी, सामाजिक राजनीतिक अभियनता सन्तोष दुलाल, साहित्यकार सुमन लिङ्देनले यस पटक आफूलाई मञ्चमा उतारेका छन् ।

कदमका पूर्णकालिन कलाकारहरु मनिक शंकर, सुजन भण्डारी र नवीन रिजाललाई पनि १२ दुर्वासामा देख्न पाइन्छ ।

दमक चोकदेखि वरगाछी चोकसम्मका दक्षिणतर्फ जाने सबै बाटाहरु प्रयोग गरेर कदम चोक हुँदै कदम थिएटर पुग्न सकिन्छ । कदम थिएटरको निर्माणाधीन सेउपाखा बहुसांस्कृतिक नाटकघर परिसरमा सानो नाटकघरमा नाटक पारखी दर्शक सहभागी हुने गरेका छन् ।

 

सम्बन्धित समाचार

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...

आइएलओ महासन्धि नं. १६९ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र हो”ललितराष्ट्रपति पौडेल

ललितपुर, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने अन्तरराष्ट्रिय महासन्धि ‘आइएलओ महासन्धि नं. १६९’ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र भएको बताएका छन् । अगष्ट ९ (साउन २४)गते ३२औं विश्व आदिवासी...

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...