आज साउन २२ गते लिम्बुवानमा ठप्प

 लिम्बुवान न्युज
                       

दमक, २२ साउन । बि.स. १८३१ को सन्धिलाई लिएर बिगत १५ वर्षदेखि साउन २२ गतेलाई कालो दिनको रुपमा बन्द गराउदै आएको राष्ट्रिय जनमुक्ति पार्टी सहितको लिम्बुवान बन्द पुर्ण रुपमा ठप्प भएको छ ।

आज साउन २२ गते सामबार आह्वान गरेको बन्द अघिल्लो दिन विभिन्न प्रमुख शहरहरुमा माईकिङ पर्चा पम्प्लेट गर्दै बिहान चारै बजेदेखि नै आन्दोलनकारीहरुले टायर बालेर बन्द गरेका थिए । राष्ट्रिय जनमुक्ति पार्टी सहित संघिय लिम्बुवान पार्टी नेपाल, संघिय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवान राष्ट्रिय समिति (लो.स.पा.) लिम्बुवान राष्ट्रिय मोर्चा, किरात खम्बुवान राज्य परिषद,किरात लिम्बुवान राज्य परिषद घटकले बन्दको आह्वान गरेका थिए ।

आजको बन्दले प्रदेश १ का मुख्य शहरहरु विराटनगर, धरान, इटहरी, दमक, विर्तामोड, उर्लाबारी, पथरी, कारभिट्टा लगायत पहाडी जिल्ला धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ्, पाँचथर र इलाम जिल्ला सदमुकाममा समेत बन्दको प्रभाव परेको थियो । त्यसैगरी लामो दुरी र छोटो दुरीका सवारीसाधनहरु समेत बन्द भएको जनाइएको छ । बन्द कर्ताले चार बजे नै मुख्य सडकहरुमा निस्किएर टायर बाल्ने, सवारीसाधनहरु नचलाउन अनुरोध गरेका थिए ।

१८३१ को सन्धिको जगमा देश पुर्ण संघीयताम्क जानुपर्ने र संगसंंगै लिम्बुवान स्वायत्त राज्य हुनुपर्छ भन्ने उद्देश्यले बन्दको आह्वान गरेको राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवाले बताए । उनले यो सन्धिलाई कालो दिनको रुपमा २०६६ साल साउन २२ गतेदेखि बन्द गर्दै आएको बताए । गोर्खा राज्यको विस्तारसंगै स्वतन्त्र राज्य लिम्बुवान युद्ध हुँदा दुबै पक्षको हारजित नभएको उनले बताए । यसरी दुबै पक्ष सन्धि हुँदा जालझेल गरेको दिन नै साउन २२ रहेको बताए । स्वतन्त्र लिम्बुवान जालझेलगरि गोर्खा राज्यमा गाभिएको दिन नै कालो दिन भएको बताए । पालुङ्बाले जबसम्म सम्बोधन हुदैन तबसम्म साउन २२ गते बन्द हुने बताए ।

यसपटकको बन्दमा पहिचानवादि सबै एक भएका छन् । हाल प्रदेश १ को नाम कोशी खारेजीको लागि आन्दोलनरत प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिमा आबद्ध अन्य पहिचानवादी दलहरुले समेत बन्दको एकबद्धता जनाएको जनमुक्तिले जनाएको छ । प्रदेश १ को नाम पहिचान बिरोधि राखिएको भन्दै यस अघिदेखि नै प्रदेश १मा आन्दोलन निरन्तर चलिरहेको छ ।

 

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...