यायोक्खाले ३६ औं स्थापना दिवस विभिन्न व्यक्तित्वहरूलाइ सम्मान गर्दै मनायाे

 लिम्बुवान न्युज
                       

दमक, २२ साउन । विभिन्न सर्जक/कलाकारहरुलाई सम्मान तथा विद्यार्थीहरुलाई छात्रावृति प्रदान गर्दै किरात राई यायोक्खाको ३६ औं स्थापना दिवस आज समापन भएको छ ।
यायोक्खा केन्द्रीय समितिको आयोजनामा संघीय अध्यक्ष जीवन हाताचो राईको सभापतित्वमा ललितपुरको कृष्टल पार्टी प्यालेसमा स्थापना दिवस समापन भएको हो ।
स्थापना दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भूपाल राई, ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्ताम्छाली, नेपाली भाषाका महागायक राजेशपायल राई, सहित्यकार भद्रगोल किराती, पत्रकारहरु दिपिन राई, श्रृशिसा राईलगायतलाई सम्मान र विद्यार्थीहरुलाई छात्रावृति प्रधान गर्दै यायोक्खाको ३६ र्औ स्थापना दिवस मनाइएको हो ।
कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्री सुदन किराती, सम्मानित व्यक्ति महागायक राजेशपायल राई, ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्ताम्छाली राई लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
यायोक्खाले स्थापना दिवसको अवसरमा विभिन्न बिषयमा विद्यावारिधी गर्ने व्यक्तिहरु, कला, सहित्य, पत्रकारिता क्षेत्रबाट संस्था र समुदायलाई योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ । त्यस्तै गरेर खोज अनुसन्धानदाता र प्रकाशित पुस्तकलाई पुरस्कृत गर्दै आएको छ ।
यायोक्खा केन्द्रीय महासचिव भीम राईद्वारा सञ्चालित कार्यक्रममा सहअध्यक्ष ज्ञानबहादुर राईले स्वागत मन्तब्य दिएका थिए ।

मोरङमा वृक्ष रोपन

किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समिति मोरङले वृक्ष रोपन तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएका छन् ।
यायोक्खा नगर अध्यक्ष प्रेम वाम्बुले राईको सभापतित्वमा भएको कार्यक्रममा संगठनको केन्द्रीय उपमहाचिव समेत रहेका प्रमुख अतिथि अर्जुन जम्नेली राई, केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज नरहाङ राई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
वक्ताहरुले १ नं. प्रदेशको नाम कोशी खारेजीको आन्दोलनकै रुपमा स्थापना दिवस मनाइएको बताए । नगर सचिव निर्माला राईले सञ्चालन गरेको कार्यक्रममा कोशी नाम खारेजी नभएसम्म आन्दोलन जारी रहने वक्ताहरुको उद्घोष थियो ।
साकेला थानमा रहेको यलम्बरको मुर्ति अगाडी आयोजित शुभकामना आदानप्रदानपछि परिसरमा विभिन्न जातका विरुवा रोपेर स्थापना दिवस मनाएका हुन् ।
यायोक्खाको विदेश शाखाहरु र नेपालको सुनसरी, उदयपुर, इलाम, झापा लगायत बिभिन्न जिल्ला र स्थानीय तहहरुमा स्थापना दिवस समापन भएको यायोक्खाले जनाएको छ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;