प्रदेश १ को नाम ‘लिम्बुवान किरात’ राख्न मागः फोनिजद्वारा १३ बुँदे घोषणापत्र जारी

,   लिम्बुवान न्युज
                       


विराटनगर, २९ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले कोशी नाम खारेज गरेर प्रदेश नम्बर एकको नामाकरण सभ्यता, संस्कृति, पहिचान र इतिहासका आधारमा लिम्बुवान किरात राख्न माग गरेको छ ।
बिराटनगरमा साउन २६ र २७ गते सम्पन्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), संघीय समितिको छैठौं पूर्ण बैठक र फोनिजको २४ औँ स्थापना दिवस मूल समारोहले जारी विराटनगर १३ बुँदे घोषणा पत्रमा यस्तो उल्लेख गरिएको हो । सदस्यता शुद्धीकरण अभियानको नाउँमा नेपाल पत्रकार महासंघले फोनिज र गैरफोनिज कसैलाई पनि राजनीतिक आस्था, जातीय, लिङ्गीय, क्षेत्रीय आधारमा विभेद् र निषेध नगर्न/नगराउन साथै सदस्यताबारे पुनरावलोकन गर्न समेत बैठकले माग गरेको छ ।
आन्दोलनका क्रममा पक्राउ परेकालाई अविलम्ब बिना शर्त रिहाइ, झुटा मुद्दा खारेजी र आन्दोलनका क्रममा घाइते भएका सम्पूणर्लाई निःशुल्क स्वास्थ्य उपचार राज्यले गर्नुपर्ने समेत घोषणापत्रामा उल्लेख गरिएको छ ।

फोनिज संघीय समितिको छैठौं पूर्ण बैठकबाट जारी १३ बुँदे घोषणापत्र

१. प्रदेश नम्बर १ को नामकरण पहिचान, ऐतिहासिक पृष्ठभूमि लगायतलाई नामेट गरी ‘कोशी’ नामकरण गरिएको प्रति नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पूर्ण असहमति राख्दै आएको छ । प्रदेशको नाम कोशी खारेज गरी सभ्यता, संस्कृति, इतिहास र पहिचानका आधारमा अविलम्ब ‘लिम्बुवान किरात’ नामाकरण गर्न यो बैठक जोडदार माग गर्दछ । न्याय, समानता र पहिचान प्राप्तिको लागि प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले जारी राखेको आन्दोलनप्रति सदैव ऐक्यबद्धता व्यक्त गर्दै फोनिज प्रचारात्मक कार्यमा सदैव अग्रसर हुने प्रतिवद्धता व्यक्त गर्दछ । साथै, प्रदेशको नाम कोशी खारेजीका लागि जारी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नु हुने सहिद पदम लिम्बू (लाजेहाङ) प्रति भावपूणर् श्रद्धाञ्जली व्यक्त गर्दै सहिद परिवारप्रति फोनिज गहिरो समवेदना व्यक्त गर्दछ । आन्दोलनका क्रममा पक्राउ परेकालाई अविलम्ब बिना शर्त रिहाइ, झुटा मुद्दा खारेजी र आन्दोलनका क्रममा घाइते हुनुभएका सम्पूणर्लाई निःशुल्क स्वास्थ्य उपचार राज्यले गनु पर्ने र घाइतेहरुको सीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

२. संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारहरुसँग यो बैठक आदिवासी जनजाति समुदायका भाषा, संस्कार, संस्कृति र पहिचानको संरक्षण, प्रवद्र्धन र विकासका लागि नीतिगत तहबाटै सम्बोधन गर्न/गराउन माग गर्दछ ।

३. संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुले पत्रकारजन्य संस्था, सञ्चार माध्यमहरुलाई उपलब्ध गराउँदै आएको अनुदान सहयोगमा वृद्धि गर्न र पालिका सरकारले स्थानीयस्तरमा सञ्चालित सञ्चार माध्यमहरुको संरक्षण, प्रवद्र्धन र वृत्ति विकासका लागि विशेष कार्यक्रम ल्याउन यो बैठक माग गर्दछ । पहिचानको आवाज मुखरित गर्ने सञ्चार माध्यमहरुलाई सोही कारण लोककल्याणकारी विज्ञापन र अन्य सेवा सुविधामा कडाइ गर्ने, कटौती गर्ने जस्ता कार्य तत्काल रोक्न र समावेशी र समानुपातिक किसिमले विज्ञापन उपलब्ध गराउन सम्बद्ध पक्षसँग माग गर्दछ ।

४. फोनिजलगायत आदिवासी जनजाति समुदायका मातृभाषामा प्रकाशित हुने र मातृभाषामा प्रसारण हुने सञ्चार माध्यमहरुलाई बचाउन विशेष प्रोत्साहनका कार्यक्रम ल्याउन, मातृभाषाका पत्रपत्रिका वर्गीकरणमा विशेष सुविधा उपलब्ध गराउन यो बैठक माग गर्दछ ।

५. श्रमजीबि पत्रकारमाथि समाचार लेखेको लगायत विभिन्न बहानामा हुने गरेका हिंसा, आक्रमण, डर, धाक, धम्कीका घटना न्यूनीकरणका लागि यो बैठक तीनै तहका सरकार र सम्बद्ध पक्षहरुको ध्यानाकर्षण गराउँदछ । साथै, पहिचानको आन्दोलनका क्रममा समाचार सम्प्रेषणको लागि सहभागी हुने सञ्चारकर्मीलाई निषेध गर्ने, विभेद् गर्ने र नश्लकै आधारमा आन्दोलनकारी नै ठानेर धरपकड गर्ने, हातपात गर्ने, थुन्ने, मानसिक र शारीरिक यातना दिने जस्ता कार्य तत्काल रोक्न यो बैठक जोडदार माग गर्दछ ।

६. श्रमजीबि पत्रकारको पारिश्रमिकको सम्बन्धमा र सञ्चार संस्थाहरुले कर्मचारी कटौती गर्दाका समयमा हुने गरेका श्रम शोषण र अन्यायको अन्त्य गर्न र तोकिएको पारिश्रमिक र कानुनअनुसार उपलब्ध हुनुपर्ने क्षतिपूर्ति समेतको व्यवस्थाका लागि यो बैठक माग गर्दछ ।

७. सरकारी तथा निजी सञ्चार माध्यमहरुमा नियुक्ति गर्दा आदिवासी जनजाति, महिला, अल्पसंख्यक, सीमान्तकृत, थारु, मधेसी, दलित, मुस्लिम, पछाडि पारिएको क्षेत्रका पत्रकारको समेत सहभागिता समावेशी समानुपातिक सिद्धान्तका आधारमा गर्न/गराउन यो बैठक जोडदार माग गर्दछ ।

८. आदिवासी जनजाति पत्रकारको क्षमता अभिवृद्धिका लािग आवश्यक तालिम, लेखनवृत्ति कार्यक्रम सञ्चालन गर्न यो बैठक तीनै तहका सरकारहरुसँग माग गर्दछ । नेपाल पत्रकार महासंघका संस्थापक सभापति सत्यनारायण बहादुर श्रेष्ठ नै हुन् भन्ने तथ्यलाई आत्मसाथ गर्दै यो बैठक नेपाल पत्रकार महासंघको संस्थापक सभापति सत्यनारायण बहादुर श्रेष्ठलाई नै कायम गर्न/गराउन सम्बद्ध पक्षहरुसँग जोडदार माग गर्दछ ।

१०. सदस्यता सुद्धीकरण अभियानको नाउँमा नेपाल पत्रकार महासंघले फोनिज र गैरफोनिज कसैलाई पनि राजनीतिक आस्था, जातीय, लिङ्गीय, क्षेत्रीय आधारमा विभेद् र निषेध नगर्न÷नगराउन साथै सदस्यताबारे पुनरावलोकनका लागि यो बैठक माग गर्दछ ।

११. मोरङ जिल्लाका ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्रहरु विराटनगरको विराट दरबार, धिमाल जातिको उत्पत्ति थलो लेटाङको राजारानी पोखरी, बेलाबारीको कसेनीस्थित आदिवासीहरुको आस्थाको केन्द्र धनपाल गढी दरबार, कानेपोखरी ७ को कानेपोखरी, सुन्दर हरैचास्थित खोर्सानेमा अवस्थित धिमालहरुको पवित्रस्थल बाघझोडा सिमसार क्षेत्र, पथरी शनिस्चरेस्थित याक्थुङ लिम्बूहरुको सिरिजङ्गा स्मृति धार्मिक वन, आदिवासी धिमाल, थारु, राजवंशी, गनगाई, ताजपुरिया, सन्थाललगायतको महाराजथान, ग्रामथान, किरात राई समुदायको साकेला थानहरुको संरक्षण, सम्बर्धनका लागि यो बैठक जोडदार माग गर्दछ । साथै, प्रदेश नम्बर १ का सम्पूणर् धार्मिक, सांस्कृति, वन सम्पदा, जैविक विविधता, पर्यटकीय सिमसार क्षेत्रहरुको संरक्षण, सम्बर्धन र प्रवद्र्धन गर्दै आन्तरिक र बाह्य पर्यटनको विकासका लागि तीनै तहका सरकारहरुसँग यो बैठक जोडदार माग गर्दछ ।

१२. तामाङ, मगर र मुस्लिम समुदायको विवाह संस्कारका सम्बन्धमा अधिवक्ता भगवती पाण्डेले समुदायलाई नै अपराधी करार गर्ने आसयले दिएको अभिव्यक्तिपछि सिर्जित विवाद र निजलाई कानुनी कारबाहीको माग गर्दै काठमाडौं प्रहरी परिसर टेकुमा गरिएको शान्तिपूणर् प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीहरुमाथि गरेको अमानवीय व्यवहार, नियन्त्रणमा लिएर गरिएको कुटपितका घटनाका सम्बन्धमा यो बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । शन्तिपूर्ण प्रदर्शनमा सहभागी प्रदर्शनकारीमाथि शक्तिको दुरुपयोग गरी निर्ममतापूर्वक कुटपिट गर्ने प्रहरी कर्मचारीहरुमाथि समेत कानुन अनुसार कारबाहीको माग यो बैठक गर्दछ । सिङ्गो समुदायलाई नै अपराधी करार गर्ने पाण्डेलाई कानुन अनुसार कारबाही गर्न यो बैठक माग गर्दछ । साथै, प्रदर्शनका क्रममा घाइँते हुनुभएकी फोनिज ललितपुर शाखाकी सदस्य गोलखबर डटकममा आबद्ध शान्ति घर्तीमगरलगायत अन्य घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । पहिचानका लागि ताम्सालिङ संयुक्त संघर्ष समितिले उद्घोष गरेको आन्दोलनप्रति फोनिज ऐक्यबद्धता व्यक्त गर्दछ ।

१३. फोनिजको छैठौं पूणर् बैठक सफल बनाउन प्रमुख अतिथिका रुपमा पाल्नु हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका नेता प्रेम येक्तेन, फोनिज संघीय समितिका सल्लाहकारहरु, नेपाल पत्रकार महासंघ, पत्रकारजन्य विभिन्न संगठनका नेताहरु, फोनिजका विभिन्न तहका पदाधिकारी र सदस्यहरु, बैठक व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्ने फोनिज प्रदेश नम्बर १ समिति, निःशुल्क स्वास्थ्य शिविर (सुगर, प्रेसर) को सुविधा उपलब्ध गराउने जनरल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. र समन्वय गर्ने फोनिज मोरङ शाखालगायत सहयोग गर्नुहुने सम्पूणर्मा यो बैठक धन्यवाद व्यक्त गर्दछ ।

सम्बन्धित समाचार

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

;