फाेनिज झापाले २४औं स्थापना दिवस विविध कार्यक्रम गरि मनायाे

,   लिम्बुवान न्युज
                       

दमक, ६ भदौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले मंगलबार २४ औं स्थापना दिवस मनाएको छ ।मंगलवार बिर्तामोडको अतिथिसदनमा आयोजित स्थापना दिवस बिषेश कार्यक्रममा पहिचानकालागि नेपाल आदिवासी जनजाति महासंघ(नेफिन), जातीय संगठनहरु र फोनिजबिचको सहकार्य बिषयमा अन्तर संवाद समेत भएको थियो ।

फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बा फियाकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति महासंघ र जातिय संगठनका नेताहरु तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघमा आवद्ध नेताहरुले पहिचानको मुद्धामा सबै आदिवासी जनजाति एक हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघीय उपाध्यक्ष तथा प्रमुख अतिथि कमन देवानले नेपालमा ३५ सय आदिवासी जनजाति पत्रकारहरु फोनिजमा आवद्ध भएको बताए । उनले ८ वटा मुलुकमा फोनिजले संगठन बिस्तार गरेको समेत जानकारी दिए । देवानले आदिवासी जनजातिको पहिचान रक्षाको सन्दर्भमा फोनिजले खेलेको भुमिका महत्वपूर्ण रहेको धारणा राखे । उनले अहिले भइरहेको पहिचानको आन्दोलनमा फोनिज कर्मीहरुले स्प्रस्ट रुपमा पहिचानको पक्षमा कलम चलाउनु पर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रमका बिषेश अतिथि नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का झापा जिल्ला अध्यक्ष पाण्डवलाल चौधरीले फोनिज र नेफिनबिच विभिन्न अन्तरसंवाद भइरहेपनि आवश्यक समन्वय भने हुन नसकीरहेको बताए । उनले नेफिन फोनिजसंग सहकार्य गर्दै अघि बढ्न तत्पर रहेको धारणा राखे । चौधरीले कोशी प्रदेश नाम खारेजीकालागी भइरेको आन्दोलनमा राजनैतिक दलहरुले अझैपनि विवेक पुर्याउन नसकेको बताए । उनले राजनैतिक दलहरुलाई सच्चिन आग्रह गर्दै पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुको विकल्प नभएको बताए । चौधरीले सबै पहिचान पक्षधरलाई एक जुट हुन समेत आग्रह गरे ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश समितिका महासचिव शुसन राईले पहिचान विरुद्धमा प्रदेशको नामकरण हुँदा मत हाल्ने सबै राजनैतिक दललाई एउटै आँखाले हेुर्नपर्ने धारणा राखे । उनले ठुला दलहरुले पहिचान पक्षधरलाई वेवास्ता गर्दै गरिएको प्रदेशको नामकरण स्वीकार्य हुन नसक्ने बताए । अहिले पहिचानको विरुद्ध मतदान गरेका केही राजनैतिक दलहरुले गल्ति भएको स्वीकार गरेपनि सदनमा भने पहिचानको पक्षमा आधिकारीक धारणा राख्न नसकेको बताए ।

कार्यक्रममा फोनिज्(तत्कालिन अनिज) झापाका संस्थापक अध्यक्ष दिपिन राईले कार्यक्रमको बिषय तथा उदेश्य प्रस्ट पारेका थिए । उनले पहिचानकालागि नेपाल आदिवासी जनजाति महासंघ(नेफिन), जातीय संगठनहरु र फोनिजबिचको सहकार्यमा जोड दिदै अवको मार्ग तय गर्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश सदस्य बिष्णु सुब्बा, फोनिजका प्रदेश सल्लाहाकार अनिल देव राई, किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाक, किरात राई यायोख्खा जिल्ला सदस्य गौरिमान राई, फोनिज झापाका पूर्व अध्यक्ष इन्द्रजीत मुखिया, सल्लाहाकार राधा सुब्बा, तमु ह्युल धोज धी बिर्तामोड नगर अध्यक्ष सलबहादुर गुरुङ लगायतले धारणा राखेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष भिम नेम्वाङ्ग, फोनिज(तत्कालीन अनिज)झापाका संस्थापक सचिव इन्द्रसिंह राजवंशी, पूर्व अध्यक्षहरु रमेश समदर्शी राई, गणेशमान मुखिया, बिशाल नेम्बाङ्ग, नेपाल तामाङ घेदुङ झापा जिल्ला अध्यक्ष जगत तामाङ, आदिबासी जनजाति महासंघ बिर्तामोड नगर सचिव सन्तोष बेघा, बिर्तामोड नगरपालिकाका लेखा अधिकृत तेजेन्द्र तामाङ्ग, इन्जिनियर प्रभास थापा मगर, रोट्रयाक्ट क्ल्व बिर्तामोडका पूर्व प्रेसिडेंट राज मुखिया लगायतको उपस्तिथि रहेको थियो ।

फोनिज झापाका जिल्ला कार्य समिति सदस्य सुरेश आले (सर्जु) ले शब्दद्वारा स्वागत गरेको कार्यक्रमको संचालन फोनिजका जिल्ला सचिव तिलक योञ्जनले गरेका थिए ।

कार्यक्रममा फोनिज संघीय समितिद्वारा प्रकाशित नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्य नारायण बहादुर श्रेष्ठ बिशेष स्मारिका पुस्तक समेत बितरण गरिएको थियो ।

अक्षयकोषमा गायिका मेलिना राईद्वारा ५० हजार सहयोग

२४ औ स्थापना दिवसको अवसर पारेर चर्चित गायिका मेलिना राईले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज )झापाको अक्षयकोषका लागि रु ५० हजार सहयोग गरेकी छन् । फोनिज झापाले मंगलवार विर्तामोडमा आयोजना गरेको आफनो २४ औ स्थापना दिवस तथा अन्तरसंवाद कार्यक्रममा गायिका राईले उपलव्ध गराएको उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको थियो । कार्यक्रममा अक्ष्यकोषका संयोजक गणेशमान मुखियालाई गायिका राईको तर्फबाट हरप्रहरकर्मी सजन राईले चेक हस्तान्तरण गरेका थिए ।

फोनिज झापाले आफना अग्रज पत्रकार स्व.डिकमान सुनुवार विरहीको स्मृतिमा स्थापना गरेको अक्षयकोषमा गायिका राईले रकम सहयोग गरेको हो । अक्षयकोषबाट प्राप्त हुने व्याजसहितको रकमले प्रत्येक वर्ष झापाली पत्रकारितामा योगदान पुर्याँएवापत एक जना पत्रकारलाई ‘स्व.डिकमान सुनुवार विरही स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिदै आएको फोनिज झापाकी अध्यक्ष भूमिका फियाक लिम्बुले बताइन् । फोनिजले अब उक्त पुरस्कार प्रत्येक दुई बर्षमा बितरण गर्ने निणर्य गरेको समेत उनले जानकारी दिइन् । पुरस्कारको राशी समेत बृद्धी गर्ने निणर्य भएको उनले बताइन् ।

फोनिज झापाले यसअघि प्रत्येक बर्ष २ जना नवदित पत्रकारहरुलाई उदयीमान पत्रकारीता पुरस्कार समेत प्रदान गर्दै आएको थियो । अब उक्त पुरस्कारलाई समेत प्रत्येक दुई बर्षमा १ जनालाई बितरण गरिने बताईएको छ ।

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;